ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

झलिबाट उदाएकी कुसुम

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

बुटवल, ०६ मंसिर ।

अहिलेको चर्चीत गीत झलि । जुन गीतमा मोडलिङ गरेकी छिन् कुसुम भण्डारी ।

उनी बुटवलको उपमहानगरपालिका १४ को बेलभरियामा जन्मिएकी हुन् । बाल्यकाल उनको बुटवलमै बित्यो । सानैदेखि नै उनले नृत्यको ताल समाउँदै आएकी थिइन । टिभी मोबाइलमा भजन बज्दा नाची हाल्ने ।

नायिका स्वस्तिमा खड्काको म्युजिक भिडियो हेर्ने, फिल्म हेर्ने गरेको र स्वस्तिमाबाट प्रभावित भएको कुसुम बत्ताउँछिन् । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रम र प्रतियोगिताहरूमा उनी सक्रिय रूपमा भाग लिन्थिन् ।

कक्षा ३ मा ‘माइती घर’ गीतमा नाचेपछि पाएको प्रशंसाले उनलाई निकै हौसला मिलेको थियो । उनी भन्छिन्, त्यो नाचेदेखि सबैबाट राम्रो प्रशंसा पाएँ, त्यसपछि देउसी भैलोमा पनि नाच्न थालेँ ।

तर विद्यालयका कार्यक्रम बाहेकका कार्यक्रममा सहभागी हुने अवसरै मिल्दैनथ्यो । बाबा रोजगारीको सिलसिलामा विदेश भएको र घरबाट बाहिरी कार्यक्रममा भाग लिन अनुमति नभएको उनको भनाई छ ।

नेपालका रियालिटी सोहरूले उनको मनमा ठुलो मञ्चमा पुग्ने सपनाको बिउ रोपेको छ । तर काठमाडौँको दुरीले उनको त्यो सपना अधुरै छ । उनको आमालाई भने छोरी मोडल बनोस् भन्ने सपना थियो । त्यसले भने उनलाई मोडलिङमा साथ मिल्यो ।

कक्षा १० मा पढ्दा उनी स्कुल ट्यालेन्ट हन्ट प्रतियोगितामा उपाधि हासिल गरिन् । त्यो उनका लागि सफलताको पहिलो उचाइ थियो । उनका अनुसार यो खबरले उनको बाबा खुसी भएनन् । बाबाको सपना बैकमा जागिर होस् । मेरो र आमाको सपना मोडल बन्न सकूँ भन्ने थियो ।

अगाडीको कुरा सम्झिँदै उनले भनिन्, लुकी लुकी कार्यक्रममा सहभागी भए । कक्षा १२ को परीक्षा दिएर बसेको थिए, झलिको गीतको लागि अवसर आयो । खुसीको सीमा थिएन । तर बाबा विदेशबाट घर आएको हुँदा धेरै समय बाबालाई मनाउन लाग्यो ।

त्यसपछि मैले झलिको गीतमा अभिनय गर्ने अवसर पाए, उनले भनिन् । झलिको गीत सार्वजनिक भयो अहिले बाबा धेरै खुशी हुनुहुन्छ । गीतले बाबाको सोचमा परिवर्तन ल्यायो । छोरी राम्रो कलाकार बन्नुपर्छ भन्नुहुन्छ । थिएटर सिक्न काठमाडौँ जानुपर्छ भन्नू हुन्छु उनले भनिन ।

झलिको गीत कुसुमले अभिनय गरेको पहिलो गीत हो । अहिले उनी काठमाडौँमा अभिनय सिक्दै छिन् । अभिनय सिकेर नायिका बन्ने चाहाना पालेको उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?