© २०२३
बुटवल, ७ मंसिर ।
गरिमा विकास बैंकले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु गरिरहेको छ । यसै सन्दर्भमा शुक्रबार देशभर रहेका शाखामध्ये १८ वटा शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छ्न् । त्यसमध्ये बुटवलस्थित हस्पिटल लाईनमा रहेको गरिमा विकास बैकको बुटवल शाखाले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा रगत राख्ने सामग्री हस्तान्तरण गर्दै बुटवल वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले बैकले पनि रक्तदान गर्दै सामाजिक कार्यमा सक्रिय हुनु गौरवको कुरा भएको बताउँदै बैकहरु पैसाको कारोबार हुने ठाउँ मात्र नभएर, सामाजिक उत्तरदायित्व बहन गर्ने निकाय पनि भएको भन्दै रक्तदान जस्तो महान कार्यको प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा गरिमा विकास बैकका क्षेत्रीय प्रमुख पुरुषोत्तम पाण्डेले बैंकले आफ्नो सामाजिक कर्तव्य बहन गरेको भन्दै जनताका दुःख र समस्याहरुमा गरिमा बैक साथै रहेको बताए ।
रक्तदानमा बैकका कर्मचारी, सर्वसाधारण नागरिक र एक विदेशी नागरिक समेत गरी जम्मा ८४ जनाले रक्तदान गरेको शाखा प्रमुख लेखनाथ भट्टराईले जानकारी दिए । नेपाल रेडक्रमको प्राविधिक सहयोगमा बुटवलस्थित गरिमा विकास बैकले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।