ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

राष्ट्रिय कर सप्ताह र चुनौति

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

कर प्रणालीको सार लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर सप्ताह दिवस शनिवारदेखि सुरु भएको छ । कर प्रणालीलाई आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गरेर कर तिर्ने बानीको विकास गर्ने उद्देश्यले हरेक बर्ष मनाईने कर सप्ताह दिवस अहिलेसम्म औपचारिकतामै सीमित हुने गरेको छ । करको दायरा विस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियताबाट मात्रै कर दिवस मनाउनुको औचित्य पुष्टी हुन्छ तर त्यस बिषयमा सरकारको ध्यान गएको छैन । उद्योगी व्यवसायीले हरेक बर्ष गर्ने गुनासोमा सुधार आउन सकेको छैन । त्यसो त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्यमान राजस्व संकलनप्रति असन्तुष्टि जनाउनुभएको छ । नेपालको कर संकलन प्रणाली भुत्ते भैसकेको धेरै गुनासो आउने गरेको छ । यसमा आधुनिकीकरण गर्ने र कर संकलन प्रक्रिया सरलीकरण गर्नेतर्फ सरकारले पहल नलिएसम्म सुधारको गुञ्जाईस हुँदैन । सरकारले अहिले अहिलेकै सामान्य प्रणालीबाट कार्यसम्पादन गरेर राजस्वको लक्ष्य भेट्न सम्भव नभएको भन्दै कर प्रशासनमा व्यापक सुधार आवश्यक रहेको औंल्याएको छ । सरकारले बर्षको एकदिन करका बिषयमा निर्देशन दिने र बाँकी तीनसय ६४ दिन सुस्ताउने गरेको छ । करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली नियन्त्रणलगायतका कार्यमा थप सक्रियता अपनाउँदा मात्र करको बृद्धि हुनसक्छ । यसतर्फ सरकारको ध्यानाकर्षण जरुरी छ । पछिल्लोसमय सार्वजनिक ऋण र खर्च बढिरहेकाले आन्तरिक स्रोत परिचालन गर्नुपर्ने हुँदा राजस्व सङ्कलन लक्ष्य अनुसार बढाउँदै जानुपर्ने चुनौती छ । नेपालको कर संकलन प्रणाली पुरातन खालको छ । सूचना प्रविधिको प्रयोगमा विस्तार तथा त्यसको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुने गरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

नेपाल सरकारको बक्यौता असुली, बेरुजु फस्र्योट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक छैन जसका कारण अर्थतन्त्रमाथि चाप परेको छ । सरकारको कर संकलनमा कमी हुँदै जाने र अर्कोतर्फ सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन, अन्य अनिवार्य दायित्वका खर्चहरूले स्रोतमाथिको दबाब बढिरहने हो भने निश्चितरूपमा नेपालको अर्थतन्त्र ओरालो दिशातर्फ जाने कुरामा कुनै शंका छैन । यो अवस्थामा करमैत्री वातावरण सिर्जना गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । यी सवै चुनौतिको सामना सरकार र निजी क्षेत्र मिलेर गर्नुको विकल्प छैन । अवको दिनमा निजी क्षेत्रलाई कर सहभागितामा समावेश गरि विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने सरकारको अभियानमा सवैको साथ र सहयोगको खाँचो छ ।

एक सातासम्म मनाइने यो दिवसले नेपालमा कर तिर्ने बानीको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । करप्रतिको सचेतना बढाउन पनि यो दिवसले सघाउ पु¥याउने विश्वास गरिएको छ । त्यसैपनि बर्तमान अवस्थामा कर प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता महसुस भैरहेको छ । करको दायरामा विस्तार गर्नुका साथै प्रशासनिक दक्षता अभिबृद्धि तथा प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा नागरिकमा कर प्रशासनप्रति जिम्मेवार र जवाफदेही बनाउनु जरुरी छ । अझैपनि नेपालमा कर तिर्ने बानीको विकास भैसकेको छैन जसका कारण धेरै चुनौति र समस्याहरू देखापर्ने गरेका छन । कर प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउनेतर्फ नेपाल सरकारले पहल गर्नु जरुरी छ । अहिलेपनि धेरै नेपालीलाई करप्रतिको उत्तरदायित्व र जिम्मेवारीका विषयमा पर्याप्त जानकारी छैन । मुलुकको आर्थिक विकास र आम नागरिकको बढ्दो अपेक्षा पूरा गर्न आन्तरिक राजस्व परिचालनमा अव जोड दिनुको अर्को विकल्प छैन । तसर्थ कर दिवसको अवसरमा एकपटक कार्यक्रम गरेरमात्रै पुग्दैन, करमा जोडिनुपर्ने तल्लो तहसम्म राज्यको पहुँच पुग्नु जरुरी छ । कर बाध्यताले होइन स्वेच्छाले तिर्ने वातावरण सरकारले तयार गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission