ट्रेंडिंग:

>> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति

सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह

९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

कपिलवस्तु ,०९ मंसिर ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले सरकारले बिकास योजनाको प्राथमिकीकरण नगरे सम्म निर्माण क्षेत्रका समस्याको स्थाई समाधान नहुने बताएका छन । कपिलवस्तु निर्माण व्यवसायी संघको तौलिहवामा आयोजित ११ औं बार्षिक साधारणसभामा बोल्दै उनले सरकारलाई योजना प्राथमिकीकरण गर्न सुझाव दिएका हुन । अब सरकारले योजनाहरूको पुर्न तालिकीकरण गर्न आवश्यक रहेको र जनताका लागि गेम चेन्जर हुन सक्ने योजनामा मात्रै राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए ।
निर्वाचन क्षेत्र केन्द्रित बिकासका योजना राज्यका लागि प्रतिउत्पादक भएको उनको भनाई थियो । निर्वाचन क्षेत्र केन्द्रित भएर बाहुबलीको आडमा योजना बन्ने तर योजना सम्पन्न नहुने भएकाले बिकास निर्माण कार्य प्रभावित भएको उनले आरोप लगाए । “कर्मचारीतन्त्रले गरेको बेईमानीका कारण उहाँहरूले आफ्नो दायित्व पुरा नगर्दा खेरी आज निर्माण उद्योग मात्रै सकसमा छैन । निर्माण उद्योग सँग सम्बन्धित आपुर्ति चक्र, उद्योगहरू सबै सकसमा परेको छ । ” अध्यक्ष सिंहले भने । निर्माण व्यवसायीले राज्यबाट ४० अर्ब बढि भुक्तानी पाउन बाकी रहेको उनले जानकारी दिए । अब मुलुकको योजना प्राथमिकीकरण गरि योजनालाई एक डेढ खर्बमा झारेर सामथ्र्य अनुसारको मात्रै योजना सञ्चालन आवश्यक रहेको उनको बुझाइ थियो । साढे ६ खर्बको योजना सरकारले निर्माण व्यवसायी सँग सम्झौता गरे पनि श्रोतको व्यवस्थापन गर्न नसकेको र नसक्ने उनले बताए । “एकै पटक चार सय वटा अस्पताल बनाउने भनि २०७५ सालमा घोषणा भएर एकै दिन समुदघाटन भयो । २०८१ साल मंसिर सम्म आउँदा कति वटा अस्पताल तयारी भयो ? त्यसको लेखाजोखा गर्नुस त ।” अध्यक्ष सिंहले प्रतिप्रश्न गरे । उनले थपे “ अहिले सम्म ३८ वटा अस्पताल मात्रै तयारी भएको छ । यदी राज्यले प्रत्यक बर्ष २० वटा अस्पताल मात्रै तयारी गर्ने भएको भए आज १ सय वटा अस्पताल तयारी भै सक्थ्यो ।” । राज्यकोषको रकम दुरूपयोग भएको र कनिका छरे जस्तै रकम छर्दा राज्यको रकमको उपादयता नदेखिएको अध्यक्ष सिंहले आरोप लगाए ।

अहिले छाता संगठन भित्र भन्दा बाहिर रहेका निर्माण व्यवसायीलाई आचारसंहितामा बाध्न कठिनाई पर्दै आएको महासंघका केन्द्रिय सल्लाहकार तथा युवा नेता निकोलस पाण्डेले बताए । “कनै खुबी, कुनै औजार बिना र नक्कली भ्याट बिल देखाएर धेरै निर्माण व्यवसायी साथीहरू आफ्नो साईड बिजनेश जस्तो गर्नेहरूको बर्चस्व धेरै छ । उहाँहरूले गरेको काम ढिलो हुने, गुणस्तर नहुने, आधारभुत औजार पनि नभएकाले ति सामाग्रीको फोटोकपी गरेर टाँस गरेर ईजाजत पत्र निकालिएको स्थिती छ ।” ईजाजतपत्र हचुवामा बाड्ने प्रबृत्तिलाई ईङ्गित गर्दै सल्लाहकार पाण्डेले भने । संघिय संरचनामा नयाँ निर्माण व्यवसायका लागि ईजाजत दिन पाउने व्यवस्था भए पनि त्यसका मापदण्ड अनुसार नियमन गर्नु पर्नेमा उनले जोड् दिए । निर्माण क्षेत्रमा मापदण्ड नपुर्याई व्यवसायीको ईजाजत पत्र दिने प्रबृत्ति सहितको अस्तव्यस्तताले अर्थतन्त्रलाई नै धरासायी बन्ने उनको तर्क थियो । निर्माण क्षेत्रको बजेट खुम्चने र निर्माण व्यवसायी बढने प्रबृत्तिले निर्माण क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको महासंघ बरिष्ठ उपाध्यक्ष एडी लामाले बताए । २ बर्ष अघि देशभर २४ हजार हाराहारी निर्माण व्यवसायी रहेकोमा अहिले सो संख्या ३० हजारको संख्यामा पुगेको लामाले बताए ।
काम प्राप्त गर्न गरिने अस्वथ्य प्रतिश्पर्धा र काम सकिए पछि भुक्तानी पाउन समस्याले निर्माण क्षेत्र संकटमा परेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । महासंघ उपाध्यक्ष टोप बहादुर रायमाझि, पुर्व उपाध्यक्ष रुद्र प्रसाद शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना, प्रदेश उपाध्यक्ष दिनेश हमाल, पुर्व जिल्ला अध्यक्ष गुन्जन कुमार गुप्ता, काँग्रेस जिल्ला सह सचिव वजिह अरसद, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, पत्रकार महासंघ शाखा अध्यक्ष किरणमान बज्राचार्य, लुम्बिनी बिकास कोषका पुर्व सदस्य राजेश ज्ञवाली, संघका पुर्व जिल्ला अध्यक्ष रवि ठाकुर लगायतले स्थानिय तहले नयाँ निर्माण व्यवसायीका लागि जथाभावी ईजाजतपत्र दिनु र सम्पन्न भएको कामको समयमै भुक्तानी नपाउनु लगायतका कारणले निर्माण व्यवसायी मर्कामा परेको बताए । निर्माण व्यवसायीका समस्याको स्थायी समाधानका लागि आवश्यक पहल गर्न आवश्यक रहेकोमा संघका जिल्ला अध्यक्ष सरोज कुमार अर्याल र सचिव रमेश मिश्राले जोड् दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?