© २०२३
बुटवल, ८ मंसिर । बुटवलमा संचालन भएको पाच दिने बुमन्स क्रिकेट क्याम्प समापन भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा पृथ्वीनारायण शाह स्पोर्ट्स फाउन्डेसनको आयोजनामा भएको पाच दिने वुमन क्रिकेट क्याम्प/सिरिज शनिबार औपचारिक रुपमा समापन भएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रबक्ता शिव रानाले सहभागी छात्राहरुलाई प्रमाणपत्र र मायाको चिनो बितरण गर्दै नेपाल क्रिकेटमय भईरहदा बुटवल अछुत नरहेको बताए । सरकारको थोरै लगानी रहेको क्रिकेट छोटोसमयमा उचाई हासिल गर्न सफल भएको भन्दै उनले नेपालको क्रिकेट महिलामैत्री वातावरण नरहेको बेला स्थानिय फाउन्डेसनबाट संचालन भएको क्याम्प उत्कृष्ट रहेको बताए । क्रिकेटप्रतिको रुचि र बाल्यकालको स्मरण गर्दै उनले छोटोसमयमा क्रिकेट खेल फड्को मार्न सफल भएको बताए । स्थानिय सरकार सधै खेल विकास गर्ने गरि बजेट बिनियोजन गरेको भन्दै विज्ञ समुहबाट सल्लाह गरि काम अघि बढाउने प्रतिवद्घता जनाए ।
कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले मानव स्वस्थसंग खेलकुदको सम्बन्ध बारे प्रकाश पार्दै क्रिकेट खेल छनौट गरेर छात्राहरुबाट राम्रो काम भएको बताए । बुटवलमा धेरै फुटबल मैदान रहेपनि क्रिकेट मैदान अभाव रहेको स्विकार्दै नरेनापुरको मैदान क्रिकेट मैदानको बिकल्प भएको बताए । यो वर्ष मैदानको लागि ५० लाख रुपैया बजेट बिनियोजन गरेर डिपिआर तयार गर्ने तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा अध्यक्ष निरजप्रताप खाडले वार्षिक रुपमा खेलकुद विकास र सामाजिक गतिविधिमा फाउन्डेसन अग्रसर रहेको बताए । आगामी दिनमा लेभल वान र टु का प्रशिक्षण कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताए । यस क्षेत्रका क्रिकेटप्रेमीहरुको धेरै मेहनतबाट वर्तमान अवस्थामा आईपुगेको बुटवलको एकमात्र क्रिकेट मैदानलाई पुर्णता दिन ढिलाई भएको भन्दै स्थानिय सरकार गम्भिर हुन आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले महिला क्रिकेटमा चाहेजति लगानी नभएको भन्दै यसमा सरकार र सरोकारवाला निकायहरु अग्रसर हुनुपर्ने बताए । बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल क्रिकेट विकास समितिको अगुवाईमा खेलमैदान पुर्वाधार तयारी अवस्था गरेको अवस्थामा पछिल्लो समय मैदान कमजोर अवस्थामा पुगेको भन्दै यस विषयमा सरकार गम्भीर हुन आग्रह गरे ।
कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले प्रतियोगितामा सहभागी छात्राहरुमा महिला वुमन्स क्रिकेटको भविष्य झल्किएको बताए । क्रिकेटमय बनाउने गरि एउटा महत्वपुर्ण क्याम्प संचालन भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । क्रिकेट खेलप्रति रुचि रहेका छात्रहरुलाई संघमार्फत भैरहवामा निशुल्क प्रशिक्षणको ब्यवस्था गरेको बताए ।
कार्यक्रममा क्यानका पुर्व सचिव प्रशान्तबिक्रम मल्ल, नरेश्वर टोल समितिका अध्यक्ष दिपक चालिसे, संघका सदस्य प्रशिक्षक श्रीराम नेपाली, पुनित पोखरेल, प्रशिक्षक घनश्याम थारुले खेल विकासमा सबैको साथ र सहयोग जरुरी रहने बताए । क्याम्पसमा रुपन्देहीका विभिन्न विद्यालयका ८ वर्ष देखि १४ वर्ष समुह करिब ५० बढी छात्राहरु सहभागी भएको संयोजक राजु रानाले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी