ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

स्कुलमा करेसाबारी सपार्ने सिप

स्वस्थ्य भान्साबाट स्वस्थ्य मानिस हुनसक्छ भन्ने मान्यताकासाथ शुरु भएको करेसाबारी सिप कार्यक्रमले घरमा बिषादी रहित तरकारी उत्पादन गर्ने उद्देश्य राखेको छ । उत्पादित तरकारीको आम्दानीलाई बिद्यालयको बाल क्लबलाई हस्तान्तरण गर्ने बिद्यालयको योजना छ ।
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

कपिलवस्तु, ७ मंसिर । पोषणको अवस्थामा सुधार ल्याउन कपिलवस्तुको एक बिद्यालयमा “घर घरमा करेसाबारी, खाने आफ्नै तरकारी” कार्यक्रम शुरु गरिएको छ । खानामा बिषादीयुक्त तरकारीको प्रयोग घटाउन र सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीको पोषण सुधार्ने कार्यमा सचेतना प्रवाह गर्न बाणगंगा नगरपालिका–१ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चीमा कार्यक्रम शुरु गरीएको हो । बिद्यालय परिसरमा रहेको बाझो जमिनमा निर्मित करेसाबारीमा तरकारीका बेर्ना रोपेर कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रम अन्तर्गत बिद्यालयको ढाई कठ्ठा जग्गाको क्षेत्रफलमा करेसाबारी बनाईएको छ । करेसाबारीमा गोलभेडा, मुला, काउली, लसुन, आलु, धनिया आदि लगाईएको छ । कार्यक्रमले बिषादीयुक्त तरकारीको प्रयोग न्यूनीकरण, पोषणयुक्त तरकारीको उपलब्धता र विद्यार्थीमा प्रयोगात्मक सिपको बिकास हुने विद्यालयका शिक्षकको बुझाई छ । विद्यार्थीलाई करेसाबारी तरकारी उत्पादन गर्न र बिषादीको प्रयोग नगर्न प्रयोगात्मक अभ्यास गराईने बिद्यालयका प्रधानाध्यापक दल बहादुर थापा ‘ईश्वर’ ले जानकारी दिए । “यो कार्यक्रमले एका तर्फ बिद्यार्थीको पोषणको अवस्था सुधार हुन्छ भने अर्कातर्फ करेसाबारीमा काम गर्ने अभ्यास पनि हुन्छ ।” प्रअ थापाले भने । करेसाबारीको प्रयोगात्मक अभ्यासले आफुहरूले बिषादी प्रयोग गरेका तरकारीले गर्ने हानी बारे जानकारी सँगै करेसाबारीमा तरकारी उत्पादनको प्रयोगात्मक अभ्यास गर्न सहयोग मिल्ने कक्षा ९ की छात्रा दिपा माझिले बताईन ।

करेसाबारी सम्बन्धी प्रयोगात्मक अभ्यासले स्वस्थ्य तरकारी उत्पादन र प्रयोग गर्ने ज्ञान पाउन सहयोग मिल्ने कक्षा १० का छात्र दिपक पौडेलले बताए । स्वस्थ्य भान्साबाट स्वस्थ्य मानिस र शिक्षित मानिसको बिकास सम्भव रहेकोले हरेक घरमा बिषादी रहित तरकारी उत्पादनको लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ । कार्यक्रम अन्तर्गत उत्पादन हुने तरकारी बाट हुने आम्दानीलाई बिद्यालयको बाल क्लवलाई हस्तान्तरण गर्ने विद्यालयको योजना छ । क्लबले उत्पादित आर्गानिक तरकारी बापतको आम्दानी बिद्यार्थीको लागि अन्य सुचनामुलक कार्यक्रममा लगानी गर्ने छ ।

विद्यालयमा ६ सय बढि बिद्यार्थी अध्ययनरत छन । जस मध्य कक्षा ७ देखि १० सम्ममा २ सय ५० बढि बिद्यार्थीलाई प्रयोगात्मक अभ्यासमा सहभागी बनाउने बिद्यालयको योजना छ । कार्यक्रममा सहभागी विद्यार्थीलाई घरमै आर्गानिक र बिषादी रहित तरकारी उत्पादन र प्रयोगमा प्रोत्साहन हुने बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर क्षेत्री बताउँछन । स्वस्थ्य बिद्यार्थी र विषादीमुक्त बाणगंगा निर्माण गर्न कार्यक्रम सहयोगी हुनेमा अध्यक्ष क्षेत्रीको बिस्वास छ ।

गत बर्षको अध्ययनमा कपिलवस्तुको सामुदायिक बिद्यालयमा अध्ययनरत ६७ प्रतिशत बढि किशोरी छात्रामा रक्तअल्पता (एनिमिया) को समस्या देखिएको थियो  । लुम्बिनी प्रदेश सरकारको किशोरीहरूको रक्तअल्पता जाँच कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका २४ वटा सामुदायिक बिद्यालयका छात्राको रक्त परिक्षण गर्दा सो तथ्याङ्क देखिएको हो ।

सो तथ्याङ्कले बाणगंगा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ५१ दशमलव ९० प्रतिशतमा रक्तअल्पत्ताको समस्या देखाएको थियो । त्यसैगरि प्रदेशमै कुपोषणको दर समेत १६ दशमलव २ प्रतिशत रहेको तथ्याङ्क छ । त्यसै गरि आम उपभोक्ताले समेत बिषादी परिक्षण नगरिएका भारतबाट आयातित तरकारीको सेवन अत्यधिक मात्रामा गर्दै आएका छन ।

बाणगंगा नगरपालिका वडा नं.१ वडाध्यक्ष सन्जु कुमार सारुले विद्यार्थीहरूलाई करेसाबारी सम्बन्धि प्रत्यक्ष ज्ञान, सिप हासिल गर्न सहयोग पुग्ने बताए । बिषादी रहित तरकारीको उपभोगलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । कार्यक्रममा वडाध्यक्ष सन्जु कुमार सारुले व्यक्तिगत लगानीमा १० वटा हजारी खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेका थिए । बाणगंगा नगरपालिकाका कृषि विज्ञ पदम घिमिरेले नगरले यस्ता कार्यक्रमको सफल कार्यान्वयनमा आवश्यक प्राबिधिक सहयोग पु¥याउने बताए । रासायनिक मलको प्रयोगलाई न्युनिककरण गर्दै जैविक मलको प्रयोगलाई थप प्रोत्साहन गर्नुपर्ने उनले सुझाव दिए । कार्यक्रमले विद्यार्थीको पोषणको अवस्था सुधार्न समेत सहयोग पुग्ने विद्यालयका सहायक प्रधानाध्यापक अजित शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%