ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

भैरहवा, ७ मंसिर ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीका कृष्ण प्रसाद घिमिरे र अशोक क्षेत्रीको जोडीले कर सप्ताहको अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा राष्ट्रिय कर सप्ताहको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा घिमिरे र क्षेत्रीको जोडीले राजस्व अनुसन्धान कार्यालय बुटवलका पोहल सिंह राना र तेज कुमार वलीको जोडीलाई २–० सेटले हराएका हुन् ।

राना र वलीको जोडीलाई पहिलो सेट २१–९ तथा दोश्रो सेट २१–१२ले हराउँदै घिमिरे र क्षेत्रीको जोडीले उपाधि सहित ट्रफी, प्रमाणपत्र र नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

दोश्रो भएका राना र वलीको जोडीले ट्रफी, प्रमाणपत्र र १० हजार रुपैया प्राप्त गरे ।

त्यस्तै गरी आन्तरिक राजस्व कार्यालय भैरहवाका विकल्प भट्टराई तथा धनिश्वर अर्याल र भैरहवा भन्सार कार्यालयका मान बहादुर कुमाल र सन्तोष खड्काको जोडी तृतीय भए ।

तृतीय हुनेले ट्रफी, प्रमाणपत्र र पाच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको खेल संयोजक विकल्प भट्टराईले बताए ।

बिजेताहरूलाई कर सप्ताह समापन समारोहका दिन प्रमुख अतिथि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख अधिकृत प्रेमराज पोख्रेल लगायतले ट्रफी, प्रमाणपत्र र नगद प्रदान गरे ।

२ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा बिभिन्न सरकारी एवं सरोकारवाला निकाय गरी १६ टिमको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?