© 2026
काठमान्डौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले १० ओभरमा ४ विकेट गुमाएर ६६ रन बनाएको छ ।
काठमाडौंका लागि राशिद खानले १७, भीम सार्कीले १६, स्मित पटेलले १३ र हरिशंकर शाहले ९ रन बनाएका छन् । साम ह्याजलेट १ रनमा आउट भए । अहिले क्रिजमा रहेका भीम सार्की १६ र सुमित महर्जन ७ रन बनाएर खेलिरहेका छन् ।
जनकपुरका लागि राहुल यादवले २ विकेट लिएका छन् भने मोइन अली र सैफ हसनले समान १–१ विकेट हात पारेका छन् ।