ट्रेंडिंग:

>> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं

पशु सेवा केन्द्रबाट सेवा शुरु

९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

नवलपरासी, ०९ मंसिर ।
जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष पछि केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले कर्मचारी तथा पशु चिकित्सालाई आर्वश्यक सर्जिकल र औषधीको ब्यवस्थापन गरि केन्द्रको औपचारिक उदघाटन गरी सञ्चालनमा ल्याएको हो । नगरप्रमुख बिमला अर्यालले उतm केन्द्रको उदघाटन गर्दै केन्द्रले यहाँका पशुपालक किसानलाई राहत पुग्ने बताएकी थिईन् ।
नगरपालिका भए पनि कृषिलाई प्राथमिकतामै राखेर काम हुँदै आएको बताउदै उनले भनिन, केन्द्र अहिले जिल्लाकै नमुना पूर्वाधार बनेको छ,अगामी दिनमा यहाँ पशु विशेषज्ञ चिकित्सक राखेर स्तरोन्नती गर्दै लैजाने लक्ष्य रहेको छ । यो केन्द्र सञ्चालनमा हातेमालो गर्दै जनता र जनप्रतिनिधि अगाडी बढनु पर्ने उनको भनाई थियो । विस्तारै केन्द्र सञ्चालनका लागि बजेट बढाउदै लैजाने उनले प्रतिवद्धता जनाएकी थिईन् । उतm केन्द्र २०७८ बैशाख ३ गते शिलान्याश भएको थियो । शिलान्यास भएको २ बर्ष ७ महिना ४ दिन पछि उदघाटन भएको छ । भवन म्याद भित्रै निर्माण सम्पन्न भएको थियो ।

तर नगरपालिकाले आवश्यक कर्मचारी ब्यवस्थापन गर्न नसकेर सञ्चालनमा आउन सकेको थिएन् । केन्द्रको भवन निर्माण २०८९ मै सम्पन्न भएको थियो । केन्द्र भवन निर्माण सम्पन्न भए पनि आवश्यक कर्मचारी ब्यवस्थापन गर्न नसकेर सञ्चालनमा आउन सकेको थिएन् । बेला बेला स्थानिय कृषकले गुनासो समेत गर्दै आएका थिए । उद्घाटन सत्रमा स्थानिय किसान हिरालाल यादवले उपचार नपाएर एक बर्ष भित्रै आफ्ना पाँच वटा भैसी मरेको बताएका थिए । अन्य किसानका भैसी, गाई बाख्रा तथा कुखुरा हाँस लगायतका पंक्षिहरू पनि उपचार नपाएर मर्ने गरेका थिए, उनले भने, अब यो केन्द्र सञ्चालनमा आए पनि किसानका पशु मर्नबाट उपचार पाएर जोगाउन सक्ने अवस्थाको सृजना भएको छ । तर केन्द्र उदघाट गरेर मात्रै पुग्दैन, उनले थपे, नगरपालिकलाले निरन्तर बजेट र कर्मचारी ब्यस्थापन गर्दै लैजानु पर्छ ।

स्थानिय किसानहरूले नगरपालिका नेतृत्व सो केन्द्र प्रति उदासिन हुदा भवन बनेको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको स्थानियले गुनासो गर्दै आएको भए पनि अब देखी किसानले सेवा पाउने वार्ड अध्यक्ष विरबल चौधरीले बताएका थिए । साविक स्वाठी गाविसमा भएको उतm केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षा मै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप स्थानियबासीले लगाउदै आएको भए पनि सो गुनासो अब देखी अन्त भएको सो वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले बताएका थिए । वार्ड अध्यक्ष यादवकै सक्रियतामा पशु सेवा केन्द्र सञ्चालन गर्ने गरि पशु चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पुर्वाधार निर्माण गरिएको थियो । उनका अनुसार नगरपालिका भए पनि साविक स्वाठी गाविसमा अधिकाँस कृषकहरूको बसोबास भएको वार्ड हो । पशुपालन र कृषिमा नै ति वार्डका बासिन्दाहरूको जनविवन रहेको छ ।

उनका अनुसार नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो । पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गते सम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । उतm भवन एशियन बसन्त जेसि बुटवलले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?