ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’

९ मंसिर २०८१, आइतबार
९ मंसिर २०८१, आइतबार

नवलपरासी, ०९ मंसिर ।
जिल्ला सुनवल स्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउँदै गरेको देवदह पोखरी क्षेत्रको सरसफाई गरिएको भए पनि प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । सुनवल नगरपालिकाले सरसफाई गरेर ब्यवस्थित गरेको भएपनि प्रचार–प्रसार हुन नसक्दा सो क्षेत्र ओझेलमा परेको हो ।

नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत तीन बर्ष पहिला ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने योजना बनाई उतm पोखरी ब्यवस्थित बनाएको हो । बौद्धकालिन उक्त पोखरीसँगै पुरातात्विक स्थल र प्राचिन इतिहास बोकेको स्थानमा पर्यटकहरू आउने तर पोखरी ब्यवस्थित नगर्दा अब्यवस्थित देखिएको थियो । अहिले पोखरीमा रहेका जलकुम्भी सफा गरिको छ । पानी सुरक्षित गर्नका लागि पर्खाल, तटबन्ध समेत गरिएको छ । पोखरीका घाटहरू समेत ब्यवस्थित बनाइएको स्थानीयले बताए । सो पोखरीलाई निरन्तर ब्यवस्थित गर्दै लैजाने सुनवल ७ का वार्ड अध्यक्ष नारायणप्रसाद अचार्यले बताएका थिए । यसको प्रचार प्रसार गरेर बौद्ध तिर्थ स्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउँदै उनले यो क्षेत्रलाई ग्रेटर लुम्बिनीमा समावेश गरिने लक्ष्य रहेको सुनाएका थिए ।
देवदह पोखरी क्षेत्र नै कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर भएको तत्कालिन नगरपालिकाका कार्यावाहक मेयर समेत रहेका उपमेयर दधिराम अर्यालको पहलमा लुम्बिनी प्रदेशका तत्कालिन अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बीच उत्तरक नगर घोषणा गरेका थिए । बुद्धसँग सम्बन्धित रहेको उक्त उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पनि नगरपालिकाले सो क्षेत्रको विकास प्रति चाहे जति काम गर्न नसके पनि सरसफाई गराउन थालेको एक स्थानीयले बताए ।

सुनवल नगरपालिका भित्रपर्ने यो पुरातात्विक, धार्मिक प्राचिन सम्पदा हो, तर यसको विकासमा पुरातत्व विभाग सहित लुम्बिनीसँग सम्बन्धित बौद्ध संघसस्थाले पनि चासो लिई काम गर्न आवश्यक रहेको औँल्याएका थिए । ताल क्षेत्रमा अतिक्रमण कायम नै छ । उनले तालको अवस्था देखाउँदै भने, तालमा पहिला कमलले भरिएको हुन्थ्यो, पछि जलकुम्भीले भरियो, सो जलकुम्बी सफा गरिएको छ । तर जलकुम्भी सफा गर्दा यहाँको प्राचिन अवस्था जस्तो कमल पनि नष्ट भएर गएको छ , सो कमल फूल पुनः पुर्नस्थापन आवश्यक रहेको औल्याएका थिए ।

प्राचिन उत्तरक नगर घोषणा पश्चात नै यसको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाई काम थालि सक्नु पथ्यो,यसको प्रचार प्रसार,सोध अनुसंधान तथा लुम्बिनीसँग जोडेर ग्रेटर लुम्बिनीमा समावेश गराई काम गर्नु पथ्र्यो, तर अहिले ति केही गरेको देख्न पाइएको छैन् । पोखरी सफा गरिएको छ, तर यसलाई पर्यटकिय गन्तब्य बनाउन थुप्रै काम गर्न बाकी रहेको स्थानियको भनाई रहेको छ । भगवान बुद्धको पाईला परेको यो स्थान बौद्ध साहित्यमा अति नै महत्वपुर्ण स्थान रहेको छ । भगवानको जिवन उपयोगी शिक्षा अष्टागिँक मार्गको शिक्षा दिइएको स्थान हो । त्यसबारे पनि प्रचारप्रसार हुन सकिरहेको छैन ।
सुनवल–७ स्थित तरगौली ताल र देवदह ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरू रहेको छ । प्राचिन पोखरी समेत उक्त स्थानमा छ ।

अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको छ । एमाले जिल्ला सदस्य समेत रहेका रामचन्द्र भण्डारीले स्थानियको आपेक्षा अनुसार नगरपालिकाले काम गर्न सकि रहेको छैन् । यस क्षेत्रको पुरातात्विक खोज हुन आवश्यक छ, । तर त्यसबारे स्थानीयवासीसँग छलफल गरि नगरपालिकाले थप काम गर्नु पर्छ । अध्यात्मिक स्थलको रूपमा विकास गरि धार्मिक पर्यटक ल्याउने लक्ष्य सहित नगरपालिकाले काम गर्नुपर्ने उनको भनाई थियो ।

उत्तरक नगर एक धर्मोपदेश भएको स्थान हो । त्यो धर्मोपदेश आज पनि उत्तिकै महत्वपुर्ण छ । भगवान गौतम बुद्ध एक पटक घुम्दै आउँदा उत्तरक नगरमा पुगेका थिए । उत्तरक नगरमा पुगे पछि उनका केही आलोचकले उनका अनुयायीसँग प्रश्न गरेका थिए कि बुद्ध के कस्तो माया जानेका छन ? सो कुरा उनका अनुयायीले भगवान बुद्धसँग सोधे पछि भगवान बुद्धले भने कि ,मलाई कुनै माया आउदैन,नत कुनै माया जान्दछु, जस्ले मलाई के माया जानेका छन ? भनेर सोधेका छन्, उनीहरू नै पछि म मायावी हो भन्ने कुरा गर्छन् । मसँग माया छैन्,बरु मार्ग छ । त्यो धर्म मार्ग । धर्म मागले मानिसलाई जन्मजन्मान्तर देखि भोग्दै आएको दुःखबाट मुक्ति दिलाउँछ । त्यो मार्ग हो, अष्टागिँक मार्ग । जस्ले यसलाई अपनाउछ,त्यो यो जरामरणको चक्रबाट मुतिm पाउन सक्छ ।

संसारमा दुःख छ,दुःखको कारण छ,दुःखको निवारण छ,निवारणको विधि नै अष्टागिँक मार्ग हो । जस्ले जन्म लिन्छ,उसँग दुःख छाया बनेर आउछ । जन्मजन्मान्तरबाट मुक्ति लिए उ दुःखबाट पनि मुक्ति पाउने हुदा भगवान बुद्धले अष्टागिँक मार्गबारे धर्मदेशना दिएको यो स्थान अति नै महत्वपुर्ण भएकोले पनि संसारका लागि यो स्थान धर्मको केन्द्र बन्न सक्ने सम्भावना छ । त्रिपिटकको अगुँतर निकायमा उक्त सन्देश उल्लेखित छ ।

कोलिय राजधानी रामग्राम देखी उत्तर तर्फ र पहाड नजिक भएको उल्लेख भएकोले अहिले कोलिय गणराज्यको राजधानी पण्डितपुर देखि उत्तर र पहाडको नजिकै रहेकोले महत्वपुर्ण रहेको छ । बुद्ध शान्ति साझेदारी बनसँगै जोडिएको उत्तरक नगरलाई अध्यात्मिक क्षेत्र बनाइनु पर्छ । तर बन क्षेत्रमा पर्यापर्यटनको समेत सम्भावना रहेको हुँदा यसलाई नगरपालिकाको प्रमुख पर्यटकिय क्षेत्र बनाउने लक्ष्य नगरपालिकाको रहेको नगरपालिकाकी प्रमुख विमला अर्यालले पहिलो बर्षमै बताएकी थिईन् । यसको थप सोध खोज हुन आवश्यक छ, उनले भनेकी थिईन्, यसलाई वृहद लुम्बिनीसँग जोडेर बुद्ध सर्किटमा पार्ने कार्य समेत भइरहेको छ । यसका लागि लुम्बिनी विकास कोषसँग पनि समन्वय गरि लुम्बिनी पर्यटन क्षेत्रको अंग बनाईने उनको भनाइ थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?