ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

चाडपर्वपछि रगत अभाव

हरेक वर्ष दशैं-तिहार पछि विभिन्न समूहको रगत अभाव देखिने रक्तसंचार सेवा केन्द्र बुटवलकी प्रमुख राधा शर्माले बताईन । अहिले ब्लड बैंकमा दैनिक एक सय युनिट रगत खपत भईरहेको छ ।
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

बुटवल, ०९ मंसिर ।
कालिकानगरका होम बहादुर गर्बुजा बिरामी परेर अस्पताल भर्ना भएको पाच दिन भयो । स्वास्थ्य जाचसंगै शारीरिक कमजोर देखिएका उनलाई रगत चढाउनुपर्ने चिकित्सकको सुझाव दिए । परिवारका सदस्यहरू धेरै दुख पछि रगतको जोहो गर्न सफल भएको ज्वाई दिपक गुरुङले बताए । ‘ससुरा बुबाको रक्त समुह ए पोजिटिभ रगतको अभाव देखियो ।’— उनले भने । आफन्तले बि पोजिटिभ रगत दिएर सोधभर्ना गर्न खोज्दा पनि दुख भएको उनले बताए ।

यता सैनामैना नगरपालिकाकी सुत्केरी रोहिणी कुमारी चौधरीलाई रगत पाउन धौधौ भएको आफन्त बताउछन । ३२ वर्षीय चौधरी लुम्बिनी प्रादेशिक अस्पतालमा गर्भवती भएकी हुन । ‘ए’ पोजिटिभ रगत समुह रहेकी उनलाई शनिबार साझसम्म २ युनिट सेतो र १ युनिट रातो रगत चढाईएको छ । अहिले बुटवलको रक्तसंचार सेवा केन्द्र र भैरहवामा समेत ‘ए’ पोजिटिभ रगत अभाव छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले अहिले बुटवलमा ‘ए’ पोजिटिभ रगतका अभाव रहेको बताए । आकस्मिक रक्तदानबाट नै मागलाई पुरा गरिरहेको भन्दै उनले भर्खरमात्र अर्घाखाचीमा वृहत रक्तदानबाट रगत संकलन सहित सचेतना जगाउने कार्यक्रम गर्न सफल भएको बताए । तराई क्षेत्रमा अझै पनि रक्तदानप्रति धारणा परिवर्तन गर्न नसकिएको भन्दै उनले विभिन्न अभियानलाई तिब्रता दिन स्थानिय सरकारको पहल जरुरी रहेको बताए ।

हरेक वर्ष दशै-तिहार पछि विभिन्न समुहको रगत अभाव देखिने रक्तसंचार सेवा केन्द्र बुटवलकी प्रमुख राधा शर्माले बताईन । चाडपर्वमा रक्तदाताहरू बाहिर जाने हुदा पनि रक्तदान कार्यक्रममा रक्तदाता नहुदा रक्त अभाव देखिने गरेको उनले बताईन । अहिले ब्लड बैकमा दैनिक एक सय युनिट रगत खपत भईरहेको छ । यसैबिच मानविय सेवामा हातोमालो अभियान नारासहित रूपन्देही रिकण्डिसन ब्यवसायी संघ र नेपाल नियमित रक्तदाता संघ रूपन्देही शाखाको संयुक्त आयोजनामा शनिबार बुटवलमा १८ औ नियमित रक्तदान कार्यक्रम गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, रूपन्देही रिकन्डिसन व्यवसाय संघका अध्यक्ष सन्तोष केसी, नेपाल नियमित संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, नियमित जिल्ला सल्लाहकार रितेश ज्ञवाली, रूपन्देही जिल्ला अध्यक्ष अशेष सिलवाल, नियमित अर्घाखाँची जिल्ला अध्यक्ष कृष्ण मुखिया, नियमितका केन्द्रका सचिव मन्जु गिरी, जिल्ला शाखाका उपाध्यक्ष भाष्कर शाहीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरेका थिए । शनिबार भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको जिल्ला सहसचिव मुना पोखरेलले बताईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission