© २०२३
बर्दिया, ७ मंसिर ।
अन्नको भण्डा मानिने बर्दियामा हिउँदे बाली लगाउने चटारो छ । तर बर्दियामा भने मलको हाहाकार भएको छ । कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बर्दियामा मल छैन । किसानहरु मल पाउने आशमा दैनिक गुलरिया पुग्ने गरेका छन् । तर माग अनुसार लिमिटेका अधिकारीहरुले मल नभएको भन्दै रित्तो हात फर्काउँदै आएका छन् । बर्दियाका लागि कम्तिमा पनि डिएपी १२ हजार टन, युरिया १० हजार टन र पोटास ४ सय टन आवश्यक पर्छ । तर माग अनुसारको मल भने कृषि सामाग्रीले उपलब्ध गराउन सकेको छैन ।
भारतमा पाइने रासायनिक मल ल्याउन रोक लगाइएको र नेपाली मल खरिद गर्न नपाउँदा किसान समस्यामा परेका हुन् । भारतीय भन्दा नेपाली मलको मूल्य बढी पर्छ । कृषि सामग्रीका अनुसार केन्द्रबाट मल खरिद गरेर नपठाउँदा सम्म अभाव भइरहने छ ।
लिमिटेडले कृषि सहकारीलाई बिक्री गर्ने र सहकारीले किसानलाई मल उपलब्ध गराउँदै आएका छन् । बर्दियाका ९५ सहकारीले मल बिक्री गर्ने अनुमति पाएका छन् । कृषि सामग्रीका अधिकारहरुका अनुसार मुलुकभरिका लागि सात लाख मेट्रिक टन मल आवश्यक पर्छ । सरकारले भने भने तीन लाख मेट्रिक टनका लागि बजेट छुट्टयाउने गरेका कारण समस्या हुने गरेको हो ।