ट्रेंडिंग:

>> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

भैरहवामा राष्ट्रिय कर दिवसको समापन

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

भैरहवा ।

आन्तरिक राजस्व कार्यलय भैरहवाले मंसिर १ गतेदेखि कर सप्ताह शुरु गर्दै ७ गते (आज) राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ । ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ आन्तरिक राजस्व विभाग भैरहवाले यस वर्षको राष्ट्रिय कर दिवस मनाएको हो ।

मंसिर १ देखि शुरु भएको राष्ट्रिय कर दिवस २०८१ को कर सप्ताहको आज समापन कार्यक्रममा आन्तरिक राजस्व विभागका प्रमुख कर अधिकृत प्रेमराज पोखलले सरकारले लिएको कर निति, राजस्व निति, कर प्रसाशन र निजि क्षेत्रको त्री पक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनको लागि यस किसीमको कार्यहरु गरिरहेको बताए ।

उद्योगी व्यवसायीहरुलाई कर तिर्नको तथा लागि थप प्रेरीत गर्नकोलागि उत्कृष्ट करदाता भनेर पुरस्किृत गर्दै आएको प्रमुख कर अधिकृत पोखलको भनाई छ ।

साथै उनले कर कार्यलयमा लामो समयदेखी काम गर्दै आएका कर्मचारीहरुलाई उतकृष्ट कर्मचारीहरुको रुपमा हामीले सम्मान गछौ, जसले उनीहरुमा थप राम्रो काम गर्नको लागि प्रेरित गर्नेछ ।

यसैगरी कार्यक्रममा आ.व २०७९–८० मा आयकर सबै भन्दा बढी दाखिला गर्ने कर दाता तिरुपति फुड प्रोसेसिङ इन्डस्ट्रिजका सचालक विजय कुमार जयसवाललाई सम्मान गरिएको थियो । साथै आन्तरिक राज्स्व कार्यलयले कर अधिकृत धनिश्वर अर्याललाई उतकृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यलय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ‘राज्यको दायित्वहरु पुरा गर्ने साधन भनेकै सरकारी राजस्व प्रमुख रुपमा हो । सरकारी राजस्व सहि ढङ्गले उठयो भने त्यहि ढङ्गले परिचालन हुन्छ, अनी विकास र स्थिरता हासिल हुन्छ ’।

यदि सरकारी राज्स्व उठेन वा राज्स्व लक्ष्य उठेन भने राज्यको दायित्व, क्रियाकलापहरु खुम्चिदै जान्छ । त्यसैले राज्स्व प्रशासन तथा राज्स्व कार्यलय अत्यन्त महत्वपूर्ण छ उनले भने । जनताबाट जनतासम्म पुग्ने श्रोत राज्स्व हो । जनताबाट सरकारमा जान्छ अनि फेरी सरकारबाट जनतामा फर्किन्छ अर्थात हामीले तिरेको कर हामीमै फर्किएर आउछ । प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।

सिद्धार्थ उद्योग वानिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ‘प्रत्येक दिन उद्ययोहरु बन्द भइरहेको अवस्थामा राज्स्व राज्स्व राज्स्व भन्दै उद्योगि व्यवसायहरुलाई नकारात्मक असर पर्नेगरी भएको व्यवहारलाई सरकारले  समयमै सोच पुर्याउनुपर्छ भन्दै माग गरे ।

यसैगरी अन्तराष्ट्रिय उडानहरु नियमित रुपमा संचालन भयो भने सिमानाका स्वत व्यवस्थित हुने र राज्यलाई करको दायरा पनि बढ्दै जाने सिद्धार्थ व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठको भनाई छ ।

कर सप्ताह अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने सिद्धार्थ उद्योग वानिज्य संघका कृष्ण प्रसाद घिमिरे र  अशो क्षेत्रीलाई नगद १५०००, ट्रफी, प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो । यसैगरी क्रमशः दाश्रोमा राजस्व अनुसन्धान कार्यलय बुटवलका पोहल सिंह राना र तेज कुमार वलीलाई नगद १००००, ट्रफी, प्रमाणपत्र र मेडल , तेश्रोमा आन्तरीक राजस्व कार्यलय भैरहवाका धनिश्वर अर्याल र विकल्प भट्टराई, र भैरहवा भन्सार कार्यलयका सन्तोष खड्का र ज्ञान बहादुर कुमाललाई नगद ५०००, ट्रफी, प्रमाणपत्र र मेडलर साथै राष्ट्रिय खेलकुद परिषदका पूर्व रेफ्री जिवन अधिकारीलाई पनि नगद ५०००, ट्रफी, प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?