ट्रेंडिंग:

>> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

कर तिर्ने १६ जना करदाता सम्मानित

८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

गुल्मी, ७ मंसिर । राष्ट्रिय कर दिवस सप्ताहको अवशरमा गुल्मीमा उत्कृष्ट करदाताहरूलाई सम्मानित गरिएको छ । १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह –२०८१ को अवशरमा १६ जना करदाताहरू सम्मानित बनेका हुन । उनीहरूलार्ई लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीले शुक्रबार सदरमुकाम तम्घासमा एक कार्यक्रम बीच सम्मान गरेका थिए ।

करदाता सेवा कार्यालय गुल्मीले जिल्लामा रहेका सम्पुर्ण व्यवसाय मध्य सबैभन्दा बढी आय कर तिर्ने करदाता अर्जुन बिल्डर्सका एण्ड कन्स्ट्रक्सन प्रालीका सञ्चालक लक्ष्मी खनाललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको थियो । उनले आर्थिक वर्ष २०७९/०८० मा २५ लाख ३६ हजार ३१७ रूपैंया बराबरको आयकर तिरेकी छन ।

यसरी सम्मानित हुनेहरूमा राम प्रसाद पन्थी, शेर बहादुर थापा, विजय खनाल, चोक बहादुर कुँवर, रिसीराम पाण्डे, बिर बहादुर थापा, जमुना न्यौपाने, चन्द्र प्रसाद श्रेष्ठ, राजु कार्की, डा. सुदर्शन थापा, हरि बहादुर खत्री, नरेन्द्र बिक्रम जिसी, आशा थापा, मनिराम थापा एवं विमल अर्याल रहेका छन ।

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवशरमा कार्यालयले ‘कर प्रणालीको सार, लगानीको आधार’ विषयमा जिल्ला स्तरीय खुला वक्तिृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो । प्रतियोगितामा आकृति अर्याल प्रथम, सुजाता कुँवर द्वितीय, करिना टण्डन तृतीय र रितीका गौतम सान्त्वना बनेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थीले जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीले पल्छिल्लो समयमा नागरिकहरूमा कर तिर्ने बानीको विकास भएको भन्दै यसबाट देशको आर्थिक मेरुडण्डको मुख्य आधार निर्माणहुने बताए । उनले सरकारको ढुकुटीमा पर्याप्त बजेट नहुँदा व्यवसायीहरूले पनि काम गरेको रकम समयमा भुक्तानि पाउन नसकेको बताए । त्यसका लागि सरकारले चाँडै नै त्यस्ता प्रकारका समस्या समाधान गर्ने प्रक्रियामा रहेको उनले जानकारी गराए । उनले सबै नागरिकहरूमा कर कहरले हैन, रहले तिर्ने बातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा व्यवसायीहरूले आर्थिक मन्दीका कारण व्यवसायहरू सञ्चालनमा समस्या भएको, समयमा काम सम्पन्न गरे पनि सरकारले समयमा रकम भुक्तानी गर्न नसकेका कारण व्यावसायीहरू थप समस्यामा पर्दै भएको गुनासो व्यक्त गरे । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उप प्रमुख, विभिन्न संघ संस्था, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं व्यावसायीहरूको सहभागिता रहेको थियो । करदाता सेवा कार्यालयले स्थानीय तहमा तहगत रूपमा पहिलो पटक यसरी ठूला करदातालाई सम्मान गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?