ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

विद्यार्थीहरू परिवर्तनका संवाहक हुन् । आजका विद्यार्थी भोलिको नयाँ नेपाल निर्माणका सम्बाहक हुन् । विगतमा विद्यार्थीहरूले गरेको असल कर्मले शिक्षा क्षेत्रमात्र होइन, समग्र व्यवस्था परिवर्तनमै महत्वपूर्ण योगदान पुगेको कुरा बिर्सन सकिदैन् । आजका विद्यार्थी नै भोली गएर देश निर्माणमा लाग्ने हुँदा विद्यार्थीलाई कलिलै उमेरदेखि असल अभ्यास, नैतिकवान र अनुशासित बनाउनु जरुरी छ । विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरू भएका छन् । विद्यार्थीहरूको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालको सन्दर्भमा विद्यार्थीहरूको भूमिका अझै महत्वपूर्ण रहेको कुरा कहिल्यै बिर्सन सकिदैन् । नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना गर्न होस् वा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना गर्ने दौरानमै किन नहोस्, विद्यार्थीको भूमिका महत्वपूर्ण थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीले खेलेको भूमिका कहिल्यै कम आँक्न सकिदैन् । २०४६ सालयताको २०६२/०६३ को ऐतिहासिक आन्दोलन होस वा गणतन्त्र स्थापनाका लागि विद्यार्थीको योगदान नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिने छ । तर बिडम्वना पछिल्लोसमय विद्यार्थीहरूको भूमिका खुम्चिँदै गएको आभास हुन थालेको छ । यो अत्यन्त दुःखको कुरा हो । विद्यार्थीको शैक्षिक हक अधिकारको सवालमा मात्रै होइन, देशलाई समस्या पर्दा वा देश पीडाको अवस्थामा हुँदा विद्यार्थीले होस्टेमा हैं्रसे गर्नुपर्ने हो तर अहिले त्यो अवस्था छैन । विद्यार्थीहरू जुर्मुराउनै छोडेका छन् । विद्यार्थीहरूले बाल्ने जागरणको ज्योति बल्नै छाडेको छ । विगतमा विद्यार्थीहरूले गरेको आन्दोलन स्मरण गर्ने हो भने अहिले विद्यार्थीहरूको भूमिका निकै खुम्चिदै गएको देखिन्छ । यो चिन्ताको कुरा हो । विद्यार्थीहरू आफूहरूमाथि परेको समस्यामा पनि बोल्न सकिरहेका छैनन् । अहिले विद्यार्थीहरूमाथि शोषण भैरहेको छ । चाहे शुल्कका नाममा होस् चाहे त्यो सरकारी विद्यालय नै किन नहोस् वा नीजि विद्यालय तथा क्याम्पसहरूले शोषण गरिरहेका छन् । विद्यार्थीहरूमाथि दमनको अवस्था छ तर यो अवस्थामा पनि दमन र शोषणविरुद्ध विद्यार्थीहरूको आवाज बुलन्द छैन् । विद्यार्थीको आवाज दबिदै गएको छ । विद्यार्थी संगठनहरूले यो बिषयमा गंभीर हुनु जरुरी छ ।

नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय रूपमै विद्यार्थीहरूले शोषण र दमनका विरुद्ध आवाज बुलन्द गरेका थिए । अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्ने सन्दर्भमा सन. १९३५ तिर नाजीहरूले चेक रिपब्लिकका विश्वविद्यालयहरूमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरूले केही विद्यार्थीहरूको हत्या मात्र गरेनन्, विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरूमा पनि पठाएका थिए । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको इतिहासमा उल्लेख छ । त्यसपछिमात्रै विश्वमा विद्यार्थीहरूले आफूहरूमाथि परेको दमन र शोषणविरुद्ध आवाज उठाउन थालेका हुन् । नेपालको सन्दर्भमा पनि त्यो मेल खान्छ । राणा शासन कालमा नेपालमा स्कुल खोल्न प्रतिवन्ध जस्तै गरिएको थियो । नेपाली विद्यार्थी भारतको बनारस गएर शिक्षा लिनुपर्ने अवस्था थियो । नेपालमा स्कुल खुलेपनि त्यहाँ अत्यन्त थोरैमात्र विद्यार्थीले पठनपाठनको अवसर पाउने गर्दथे । शिक्षा पाउने अधिकारबाट समेत बञ्चित गर्ने जुन काम भयो, त्यसका विरूद्ध भारतबाटै विद्यार्थीहरू एकजुट हुने अवस्था भयो । नेपालबाट पढ्न गएका विद्यार्थीहरूले बनारसमै नेपालको राणा शासनविरूद्ध आन्दोलनको उदघोष गरेका थिए । त्यसैकारण भन्ने गरिन्छ– नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको विशेष भूमिका थियो । विद्यार्थीहरूले पटकपटक गरेको आन्दोलन व्यवस्था परिवर्तनका लागि मात्रै होइन, शैक्षिक अधिकारका लागि पनि थियो । तर, बिडम्वना अहिले विद्यार्थीहरूको भूमिका खुम्चिँदै गएको अनुभूति हुन्छ । देशमा बेथिती बढ्दै गर्दापनि विद्यार्थीहरू चुप लागेका छन् । अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाउँदै गर्दा अझै एकपटक उठ विद्यार्थीहरू । आफ्नो अधिकारको लागि उठ् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission