© २०२३
वलपुर ।
पुर्वी नवलपरासीमा निशुल्क लोकसेवा आयोगका तयारी कक्षा सुरु भएको छ ।
कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिका लगायत देश जान थालेपछि नवलपुरमा लोकसेवा आयोगका तयारी कक्षा सामाजिक विकास कार्यालय नवलपुरले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको हो ।
बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै राख्ने उद्देश्यले तयारी कक्षा सुरु गरिएको सुरु गरेको सामाजिक विकास कार्यालय नवलपुरले जनाएको छ ।
महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न साथै उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले बताए ।
कावासोती नगरपालिका ५ का रितु गौतमले कक्षा १२ उत्तीर्ण पछि व्यापार सुरु गरेको बताइन । व्यापारबाट सोचेजस्तो नभएपछि लोकसेवाको तयारी गरेर सरकारी जागिर खाएर छोड्ने अठोट राखेर अध्ययन गर्न आएको बताउछिन । त्यस्तै महिलाहरुका लागि सञ्चालन भएको लोकसेवा आयोगका तयारी कक्षा बिस दिन मात्र भएकाले यो समयावधिमा धेरै सिक्न नपाउने भएकाले अझ समय बढाउँदा राम्रो हुने मध्यविन्दु ४ का सुस्मिता कुँवरले बताइन।
त्यस्तै हुप्सेकोट १ बेलुवाका इन्द्रावती पाण्डे स्नातक तहमा अध्ययन गरिरहेकि छन । आफ्ना साथी विदेश पलायन हुने योजना बनाई रहेको भए पनि आफू भने लोकसेवा तयारी कक्षा लिएर सरकारी जागिर खाने लक्ष्य लिएको बताउछिन । गाउँमा अधिकांशको रुचि विदेश जाने भएकाले पनि आफू सरकारी जागिर खाएर स्वदेशमा नै कार्य गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले लोकसेवाप्रति आम नागरिकको आकर्षण रहेपनि सबैले पास गर्न सक्दैनन् भन्ने भ्रम रहेको उनले बताए । लोकसेवा जो कोहिले पास गर्न सक्दैन भन्ने भ्रमलाई चिरेर अघि बढ्न आवश्यक रहेको बताए । पढेका युवा बेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई युवामा आउन थालेको भन्दै सरकारी सेवामा प्रवेशका लागि तयारी कक्षा सहयोगी बन्ने लुम्बिनी आदर्श डिग्री कलेजका प्रिन्सिपल बाबुराम रानाले बताएका छन ।
प्राविधिकतर्फको प्रशासन सहायक (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कावासोती नगरपालिका प्रशासकीय अधिकृत लीलाराज पौडेलको भनाइ छ । कक्षामा विद्यार्थीलाई कसरी तयारी गर्ने, कसरी परीक्षा दिने, कुन कुन विषय वस्तु पढ्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइने पौडेलले बताए । जिल्लाका आठ वटै स्थानीय तहका करिब ४० जना महिला सहभागी भएका छन् ।
क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका छन् । कावासोतीमा तीन सिफ्ट गरी प्रत्येक दिन चार घण्टाका दरले तयारी कक्षा सञ्चालन गरिएको प्रमुख पौडेलले जानकारी दिए ।