ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

नेपाली महिला क्रिकेट टिमलाई बधाई

३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

नेपाली यु– १९ महिला क्रिकेट टिमले इतिहास रचेको छ । आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलोपटक यु– १९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । नेपालको सिनियर पुरुष टोलीले दुईपटक टी–२० विश्वकप र यु–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन् । नेपाली क्रिकेटका लागि यो ऐतिहासिक खुसीको कुरा हो । यो जितले सिनियर महिला टिमलाई पनि अझै उत्साहित हुने र आउने नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ । अव नेपाली महिला टिमलाई सन् २०२७ मा बंगलादेशसँग मिलेर आफैँ यु १९ महिला टी २० विश्वकप आयोजना गर्दा अझ उत्साह बढ्ने अपेक्षा गर्नु अस्वाभाविक हुँदैन । सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसकेपनि यु–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भएको छ । नेपालको खेलकुद क्षेत्रका लागि यो सफलताले सवै नेपालीलाई खुसी बनाएको छ । नेपाली महिला खेलाडीले अवसर पाए सफलता चुम्न सक्छन भन्ने यु– १९ महिला खेलाडीले प्रमाणित गरेका छन् । नेपालको यु –१९ महिला टोलीले यु– १९ विश्वकप छनोट खेलेको दोस्रोपटक हो र दोस्रो प्रयासमै नेपाल विश्वकप पुग्न सफल भएको छ । यसमानेमा नेपाली महिला टिम बधाईको पात्र बनेको छ । नेपालबाट कुनैपनि फम्र्याटको महिला विश्वकप खेल्ने यो पहिलो टोली बन्ने भएको छ । नेपाली महिला क्रिकेट खेलाडीले प्राप्त गरेको सफलताले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चुलिएको छ । यसबाट नेपाली महिला खेलाडीहरूलाई खेल क्षेत्रमा लाग्ने उत्साह सिर्जना भएको छ । नेपालले बंगलादेशसँग मिलेर सन् २०२७ मा यू–१९ महिला टी २० विश्वकप आयोजना गर्दैछ । त्यसका लागि पनि यो जित ठूलो आधार हुने निश्चित छ । घरेलु मैदानमा हुने उक्त विश्वकपका लागि पनि अहिलेदेखि नै खेलाडी तयार पार्न यस पटकको विश्वकपले ठूलो सहयोग पुग्नेछ र प्रेरणा मिल्ने खेलाडीहरूको विश्वास छ ।
त्यसो त नेपाल सरकारले खेल क्षेत्रको विकासमा अहिलेपनि यथोचित ध्यान दिएको छैन । खेलाडीलाई कुनैपनि प्रकारको प्रोत्साहन छैन् । खेल पूर्वाधारको अभाव छ । अन्तर्राष्ट्रिय स्तरका खेल खेलाउन उही सय बर्ष पुरानो दशरथ रंगशाला बाहेक अरू मैदान छैनन् । संघीय, प्रदेश र स्थानीय पालिकाहरूले खेल क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन नगर्ने र भएका खेल पूर्वाधारको संरक्षणमासमेतमा ध्यान नदिने अहिलेको मात्र होइन, विगतदेखिकै निरन्तरता हो । मुलुक संघीय संरचनामा गएपछि मुलुकको खेल क्षेत्रले फड्को मार्ने आशा र अपेक्षा थियो । खेल प्रेमीमात्र होइन खेलाडीहरूले समेत तीन तहका सरकारले खेलको विकासमा आ–आफ्नो तर्फबाट योगदान पु¥याउने विश्वास गरिएको थियो तर खेलको विकासमा बेवास्ता गरिदै आएको छ । नेपालमा अवसर पाउने हो भने खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा देखाउन सक्छन् । खेलकै माध्यमबाट देशको नाम विश्वमै राख्न सक्छन तर बिडम्बना खेलाडीलाई कुनैपनि प्रकारको प्रोत्साहन छैन् । नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्नेतर्फ कुनैपनि सरकारले योजना अघि बढाएका छैनन् । भएका खेल पूर्वाधारको बेवास्ता गरिएको छ । खेल प्रतियोगिता सञ्चालनमा समेत राज्यका तर्फबाट सहयोग नहुँदा यसअघि सञ्चालन भैरहेका प्रतियोगिता समेत रोकिएका छन् । खेलाडी विदेश पलायन हुन बाध्य भएका छन् । खेलाडीलाई नेपालमै रोजगारीको अवसर सिर्जना हुन सकेको छैन । खेलाडी राष्ट्रका गहना हुन । तर, ती गहना जोगाउने र संरक्षण गर्ने दायित्वबाट राज्य चुकेको छ । दुई साताअघि मात्र नेपाल साफ महिला फुटवलमा उपबिजेता बनेको छ । त्यो पनि महत्वपूर्ण उपलब्धि हो । पछिल्लोसमय नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल हुँदै गएको छ । खेलाडीले प्राप्त गरेको सफलताका पछि सरकारको प्रोत्साहन अव आवश्यक छ । यसतर्फ सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission