ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

दिल्लीको नियति नेपालमा नदोहोरियोस्

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

नेपालको संघीय राजधानी काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहरमा सूचिकृत भएको छ । विश्वभरको प्रदुषण मापन गर्ने संस्था आईक्यूएआरका अनुसार काठमाण्डौको प्रदुषण १ सय ७२ एक्यूआई मापन भएको छ । यो सूचकाङ्क एक सयदेखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । काठमाडौँ उपत्यकाले फेरीपनि उही पुरानै नियति भोग्न बाध्य बनेको छ । उता वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको संघीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ । यसअघि शुक्रवार तेस्रो तहको योजना लागू गरेकोमा आज बिहान ७ बजेदेखि चौथो तहको योजना लागू भएकोमा दिल्लीमा हावाको गुणस्तर मापन सूचक एक्यूआई नौ सय ३१ रहेर विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ । एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई मानव स्वास्थ्यका लागि घातक मानिन्छ । तर दिल्लीमा त्यसको तीन गुणा भन्दा धेरै प्रदूषण भएको हो । प्रदूषण नियन्त्रण गर्ने चौथो तहको योजना अनुसार दिल्लीमा विद्युतीय र भारत स्टेज स्टयान्डर्ड (बीएस) ६ बाहेकका गाडी चलाउन पूर्ण रूपमा प्रतिबन्ध लागेको छ । यस्तै निर्माण कार्य, सार्वजनिक ठाउँमा आगो बाल्ने काम, डिजलबाट चल्ने जेनेरेटरहरू चलाउने लगायतका काममा पनि प्रतिबन्ध लागेको छ । दिल्लीको बायु प्रदुषण घातक अवस्थामा पुग्दा संघीय राजधानी काठमाण्डौं उपत्यकामा बढेको बायु प्रदुषणले पनि चिन्ता थपेको छ । काठमाण्डौं उपत्यकाको बायु प्रदुषण पछिल्लो दुई सातायता निरन्तर बढ्दै गएको अनुसन्धानले देखिएको छ । प्रदुषण बढेकै कारण राजधानीका सडकमा हिँड्ने बटुवाहरू आंँखा पिरो भएको, सास फेर्न गाह्रो हुने गरेको जस्ता समस्याबाट ग्रसित हुन थालेको बताएका छन । चिकित्सकहरूले समेत बायु प्रदुषणको कारण ब्रोङकाईटिस, दम, छातीमा संक्रमण लगायतका रोग लाग्ने भएकोले सचेत हुन आग्रह गरेका छन् । काठमाण्डौंमा बर्षौं पुराना सवारीसाधनका कारण समेत प्रदुषण बढिरहेको छ । सरकारले पुराना सवारीलाई प्रतिबन्ध लगाउन सकेको छैन । वायुमण्डमा रहने धुलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोगको संक्रमणसंगै फोक्सोको क्यान्सर बढ्ने गरेको स्वास्थ्यविज्ञहरूले पटकपटक चेतावनी दिदै आएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार नेपालमा वार्षिक १२ हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो तर स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाको प्रदुषण ५ गुणा बढिरहेको छ । चिकित्सकहरूले अल्पविकसित मुलुकहरूमा वायु प्रदुषण ‘मन्दविष’ का रूपमा फैलँदै गएको चेतावनी दिएका छन । विज्ञहरूकै भनाईमा शहरी क्षेत्रमा बसोबास गर्ने विश्वका करिब ८५ प्रतिशत मानिस विश्व स्वास्थ्य संगठनले तोकेको वायुको गुणस्तरभन्दा बढी प्रदुषणको शिकार भइरहेका छन् ।
अवको दिनमा बायु प्रदुषणको काठमाण्डौंको जोखिम सर्दै देशका अरू शहरसम्म नआओस् भन्नेतर्फ सजगता आवश्यक छ । त्यसो त बाताबरणबीदहरूले वायु प्रदुषण राजधानी काठमाण्डौंमा मात्रै नभै देशका अरू शहरपनि उत्तिकै जोखिममा रहेको औंल्याएका छन् । अहिले काठमाण्डौं जस्तै वायु प्रदुषणको चुनौति बुटवलले पनि भोगिरहेको छ । बुटवलमा समेत सडक निर्माणको क्रममा वायु प्रदुषण बढिरहेको छ । केही अघि गरिएको बायु मापनमा बुटवलले पनि बायु प्रदुषणको चुनौति भोगिरहेको देखिएको थियो । राजधानीमा भित्रिएका असीमित सवारीसाधनले फालेको धुँवाले बायुमण्डलमा प्रवेश गरेर त्यसले मानिसको जीवनमा गम्भीर संकट उत्पन्न गराउँदा पनि राज्य भने उदासीन बन्दै गएको भन्दै विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बुटवलमा समेत प्रदुषणको तह बढ्न नदिनेतर्फ अहिलेदेखि नै सतर्ककता अपनाउनु जरुरी छ । नयाँदिल्लीको नियति काठमाण्डौं र काठमाण्डौंको नियति बुटवलमा आउन नदिने हो भने अहिलेदेखि नै सजगता र सतर्कताको आवश्यकता छ । यस बिषयमा सम्वन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?