Butwal Today

कपिलवस्तुको मायादेवी रिसोर्टको खानापछि, दर्जनौं बिरामी

चन्द्रौटा। कपिलवस्तुको मायादेवी रिसोर्टमा खाना खाएपछि दर्जनौं बिरामी परेका छन् । बाणगंगा नगरपालिका स्थित रिसोर्टमा आयोजित एक कार्यक्रममा खानाखाएपछि बिरामी परेका हुन् । रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको पद हस्तान्तरण...

धनुषामा अनिश्चितकालीन कर्फ्यु, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सेना परिचालन जनकपुरधाम। धनुषा जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। कर्फ्यु साउन १४ गते दिउँसो ३स्३० बजेदेखि अर्को आदेश नभएसम्म लागू रहने प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा १(क) र (२) बमोजिम शान्ति–सुरक्षा कायम गर्न विष्णुदल गणमार्फत नेपाली सेना परिचालनका लागि पत्राचार गरेको जानकारी सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त पत्रमा आवश्यक परे न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली चलाउनेसम्मको अधिकार सेनालाई प्रत्यायोजन गरिएको उल्लेख छ। पत्रको बोधार्थ गृह मन्त्रालयलाई समेत पठाइएको छ। यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त पत्रबारे प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी लुइटेलले आफूले पत्र हेरेर मात्रै आधिकारिक धारणा दिन सक्ने बताएका छन्। उनले भने, जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको भने सत्य रहेको स्पष्ट पारे। यस घटनाक्रमसँगै धनुषामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।