© 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसदका स्वकीय सचिवका लागि अभिमुखीकरण गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज भएको अभिमुखीकरणमा मुख्यसचेतक कवीन्द्र बुर्लाकोटी तथा सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा मुख्यसचेतक बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे सहभागीलाई प्रशिक्षत गरेका थिए । उनले स्वकीय सचिवको जिम्मेवारी पूर्णकालिक, संवेदनशील र संस्थागत हुने उल्लेख गर्दै सांसदको दैनिक कार्यसम्पादन सहज बनाउनेदेखि अध्ययन, समन्वय, सूचना व्यवस्थापन र नागरिक सम्पर्कसम्मका कामलाई व्यवस्थितरुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
यस्तै सचेतक परियारले स्वकीय सचिवको भूमिका तथा अर्का सचेतक धितालले स्वकीय सचिवका विभिन्न जिज्ञासा, प्रश्न र व्यावहारिक चुनौतीबारे स्पष्ट पार्नुभएको मुख्य सचेतक बुर्लाकोटीले जानकारी दिए।