Butwal Today

झलकमानको स्मृति दिवस

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

पछिल्लो युवा पुस्तामध्ये धेरैलाई थाहा नहुन सक्छ– नेपालका कुना कन्दरमा कुनै समय झलकमान गन्धर्बको कर्णप्रिय गीत सर्वाधिक लोकप्रिय थियो । सूचनाको पहुँचको अभाव, चिठीपत्रको जमाना र मुगलानबाट घर फर्किन हप्तौं लाग्ने त्यो बेला अर्थात आजभन्दा ३०÷४० बर्ष पहिले उनै झलकमान नेपालका भीरपाखा र डाँडा पाखामा गुञ्जिन्थे । ‘आमाले सोध्लिन् नि खोई छोरा भन्लिन्’ भन्ने बिरहको गीत त्यतिबेलाको सर्वाधिक लोकप्रिय थियो । रेडियो नेपालले हरेक दिन त्यो गीत बजाउँथ्यो । सायद श्रोताले समेत सर्वाधिक बजाउन आग्रह गर्ने गीतमध्ये त्यो पथ्र्यो । तर, आज सूचनाको पहुँचले त्यो गीत समेत ओझेलमा प¥यो । परदेश मुगलान गएका छोरालाई आमाले एक सेकेण्डमै मोवाईलमा देख्न पाउँछिन । जमाना फेरियो । गीत पनि ओझेल प¥यो । ती सहित धेरै कर्णप्रिय गीतका सर्जक झलकमान गन्धर्बको स्मृति दिवस यही मंसिर ६ गते थियो । हरेक बर्ष झलकमान गन्धर्वको स्मृति दिवस उनको जन्मघर गण्डकी प्रदेशमा मनाउने गरिएको छ । उनको गीतलाई सञ्चार क्षेत्रमा आएको आमूल परिवर्तनले निलिसकेको छ । मोबाईल र इण्टरनेटको जमाना नहुँदा र नेपालीहरू कामको खोजीमा मुग्लान पस्दा अनि नेपालीहरू लडाईमा पर्दा उनको गीत नसुन्ने सायदै कोही थिए । छोरा मुग्लान गएको बेला अथवा लडाईमा परेको बेला यो गीत हरेक व्यक्तिको मन मस्तिष्कमा बसेको थियो । गीतबाट भावविहोर नहुने सायदै कोही थिए । झलकमान नेपालको गीति क्षेत्रका कहिल्यै नअस्ताउने तारा हुन । बि.सं. १९९२ वैशाख १२ गते पोखराको बाटुलेचौरमा जन्मिएका झलकमानको २०६० मंसिर ६ गते निधन भएको थियो । कर्खा, माँगल गाउँदै हिँड्ने गन्धर्वहरू अहिले हम्मेसी देखिँदैनन्, बरु गैर गन्धर्वले सारङ्गी सिक्न थालेका छन् । गन्धर्ब पेशा लोप हुन थालिसकेको छ । सारंगी देख्ने वित्तिकै झलकमानको याद आउनु स्वाभाविक छ । तर, अहिले झलकमानको गीत ओझेलमा परेसंगै गन्धर्ब पेशा समेत लोप हुनु चिन्ताको बिषय हो । पछिल्लो समय गन्धर्ब पेशाबाट रोजीरोटी चल्न छोडेपछि बैकल्पिक पेशा अपनाउन गन्धर्बहरू बाध्य भैरहेका छन । कोही वैदेशिक रोजगारीमा गएका छन् भने धेरैले मजदुरी र अरू काम गर्न थालेका छन् । झलकमानले गाएका सयौँ गीतमध्ये सबैभन्दा चर्चित गीत थियो– “आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् ।’ सारङ्गी र अर्बाजोमा गाइएको यो गीतले यस्तो लोकप्रियता हासिल ग¥यो कि गन्धर्वलाई नै परिचित गराउने माध्यम बन्यो । यो गीतको संयोग पनि अनौठो छ । २०२३ सालमा ‘आत्मा बेचेको छैन’ नाटकमा यो गीत राखिएको थियो । मञ्चनका दिन पहिले गाउने तय गरिएका दुर्गाबहादुर मिजार बिरामी परेपछि छोरा झलकमानले बाबुकै जसरी यो गीत अर्बाजोको लयमा सारङ्गी रेट्दै सुनाउनुभएको थियो । त्यसपछि झलकमान चर्चाको शिखरमा पुग्नुभयो । दुःखको कुरा अव गाउँघरमा सारंगीको धुन सुन्नै छाडिएको छ । झलकमान गन्धर्वको स्मृतिमा दुई बर्षअघि सारङ्गी सङ्गीत पाठशाला स्थापना भएको छ । पाठशालाबाट पाँच सयभन्दा बढीले सारङ्गी सिकेका छन । झलकमानको स्मृति दिवस मनाईरहँदा उनले गीत संगीत क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्नेतर्फ सरकारको ध्यान जाओस् । समाजको हेय दृष्टिकोण र आर्थिक कारणले गन्धर्वले परम्परागत पेसा छाड्न थालेको अवस्थामा उनीहरूको पेशा संरक्षण गर्नेतर्फ राज्यले ध्यान दिनुपर्दछ । भोलिको दिनमा कम्तिमा नेपाली सांगीतिक क्षेत्रमा यस्ता गीतको सम्झना गरिनुपर्दछ । यस्ता कालजयी गीतको संरक्षण र यसलाई लोकप्रियताको शिखरमा पु¥याउने काम होस् । झलकमानको योगदानलाई चिरस्थायी गर्नेतर्फ राज्यले ध्यान देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?