Butwal Today

रास्वपाकी सांसद खतिवडाविरुद्ध लक्षित टिप्पणी गरेपछि प्रसाईं पक्राउ

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

केही दिनअघि प्रसाईंले जेनजी शहीद रसिक खतिवडालाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो । प्रसाईंले सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै टिप्पणी गरेको भन्दै सांसद खतिवडा प्रतिनिधिसभाको बैठकमै रोएकी थिइन् ।

प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै सांसद खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएका छन्। उनलाई गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको थियो ।

त्यस्तै, गत भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि उनको घरबाट बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?