Butwal Today

तीन दिनदेखिको वर्षा पश्चिमतर्फ सर्दै, लुम्बिनीका केही जिल्लामा आरिघोप्टे वर्षा हुने

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।

तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित भएको छ ।

लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार शनिबार राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आरिघोप्टेसम्मको वर्षा हुन सक्ने छ ।

महाशाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा आइतबारसम्म जोखिम रहने जनाएको छ । पर्सिदेखि देशभरको मौसम खुल्ने छ । तर मनसुन सक्रिय रहेकोले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमिन भिजेको अवस्था रहेकोले केही दिन सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यसैबीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यससँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र तराईका होचा भूभागमा डुबानको जोखिम बढ्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?