Butwal Today

खोटाङ सेवा समाज कतारको १३औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पर्शुराम श्रेष्ठ सर्वसम्मत

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

दोहा (कतार) ।

कतारमा स्थापना भएका सामाजिक संघसंस्थामध्ये पुरानो तथा पहिलो सामाजिक संस्थाका रूपमा रहेको खोटाङ सेवा समाज कतारको १३औँ अधिवेशन  सम्पन्न भएको छ । खुला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, खोटाङका पर्शुराम श्रेष्ठ ९पवन०लाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रथम उपाध्यक्षमा रविन शेर्पा, दित्तिय उपाध्यक्षमा चुडामणि पुरी, तृतीय उपाध्यक्षमा श्याम बाबु आचार्य, महासचिवमा महेश दाहाल, सचीवद्वय सरोज काजी पान्डे र शक्तिराज दाहाल, कोषाध्यक्षमा बिस्वकला राई,र सह-कोषाध्यक्षमा मनोज बस्नेत रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा नवीन माझी, होमराज दाहाल, बुद्ध माझी, पवन पाण्डे,अपिस राई, पदम श्रेष्ठ (पर्शुराम), रमना श्रेत्री रहेका छन्  ।  संस्थाको विधान अनुसार १९ कार्यसमिति रहने जनाएको छ । जसमध्य सदस्यमा तीन पद रिक्त रहेको छ । नयाँ कार्यसमितिले पहिलो बैठकमा मनोनीत गर्ने जनाएको छ । निर्वाचन समितिका संयोजक प्रेम प्रसाद भट्टराईले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

Oplus_131072

विधिवत् रूपमा उद्घाटन गरिएको अधिवेशनमा संस्थाका उपाध्यक्ष रविन शेर्पाले कतारमा पहिलो पटक सामाजिक संस्थाका रूपमा खोटाङ सेवा समाज स्थापना हुनुको पृष्ठभूमिबारे जानकारी गराएका थिए । अधिवेशनमा समाजका महासचिव महेश दाहालले संस्थाले पछिल्लो दुई वर्षमा गरेका सामाजिक तथा मानवीय गतिविधि र प्रगतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कलाकार वर्षा लोप्चन तामाङ र सन्जु बलले स्वागत नृत्य  गरेको कार्यक्रममा कतारमा रहेका झन्डै एक दर्जन स्थानीय कलाकारहरूको समेत सागिंतिक प्रस्तुति रहेको थियो । अधिवेशनमा थुप्रै सामाजिक वक्ताहरूले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले खोटाङ सेवा समाज कतारले लामो समयदेखि प्रवासी खोटाङ्गेलीलाई एकताबद्ध गर्दै सामाजिक, मानवीय, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे । वक्ताहरूले संस्थाको गौरवपूर्ण इतिहासलाई कायम राख्दै नयाँ पुस्तालाई समेटेर संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । प्रवासमा रहेका खोटाङ्गेलीको सीप, स्रोत र अनुभवलाई जन्मभूमिको विकाससँग जोड्नुपर्ने धारणा समेत राखेका थिए ।

अनेसास कतारका अध्यक्ष दिलीप पराजुलीले ‘आश्रयमा एक प्याक चाउचाउ सहारा भएको छ’ बोलको गजल प्रस्तुत गरेका थिए । अधिवेशनको अवसरमा समाजका सल्लाहकार, पत्रकार तथा कलाकारलाई नगदसहित सम्मान गरिएको थियो ।

कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अधिवेशनमा लक्की ड्रको समेत व्यवस्था गरिएको थियो । लक्की ड्रमार्फत सलिना दाहाल, एलिसा राई र रोहित बस्नेतले विभिन्न उपहार प्राप्त गरेका थिए ।

कोशी प्रदेश समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष भिम बराईलीले कतारमा स्थापित पहिलो सामाजिक संस्थाका रूपमा खोटाङ सेवा समाजले लामो समयदेखि सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजसेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।

हरेक सामाजिक तथा मानवीय कार्यमा कोशी प्रदेश समन्वय परिषद्सँग सहकार्य र समन्वय गरेर अघि बढ्दा कार्यक्रम सञ्चालनमा सहजता हुनुका साथै संस्थाबिचको सम्बन्ध पनि थप सुदृढ हुने उनले बताए । खोटाङ सेवा समाजले आगामी दिनमा पनि कोशी प्रदेश परिषद्सँग आवश्यक समन्वय गर्दै सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।

समाजका महासचिव महेश दाहालले सहजीकरण गरेको खुला सत्रको समापन गर्दै समाजका कार्यवाहक अध्यक्ष पर्शुराम श्रेष्ठले कार्यवाहकको जिम्मेवारीमा रहँदा संस्था सञ्चालनमा साथ र सहयोग गर्ने कार्यसमिति तथा अधिवेशन सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरे । उनले सामूहिक नेतृत्व र सहकार्यबाट समाजलाई थप प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?