Butwal Today

क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

ओटावा ।

क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट–ब्रिजिड–डुइबर्भिल क्षेत्रमा दिउँसो करिब २ः३० बजे दुर्घटनाको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको थियो। घटनास्थलमा पुगेका उद्धारकर्मीले करिब एक घण्टाभित्र आगो नियन्त्रणमा लिएका थिए । हेलिकोप्टरमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उडान भरेको केही समयमै हेलिकोप्टरमा आकस्मिक समस्या उत्पन्न भएको थियो। त्यसपछि हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।

प्रहरीले दुर्घटनामा परेको हेलिकोप्टरको स्वामित्व, त्यसको प्रस्थान तथा गन्तव्यस्थल र मृतकहरूको पहिचानबारे हालसम्म जानकारी सार्वजनिक गरेको छैन ।

दुर्घटनाको विस्तृत अनुसन्धानका लागि क्यानडाको यातायात सुरक्षा बोर्डले अनुसन्धान टोली घटनास्थलमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?