ट्रेंडिंग:

>> भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा कुमार थापा >> सुप्रिम सहकारीमा रवि र छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, जनही चार करोडभन्दा बढी बिगो >> पिन कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी >> पुल भासिंदा पुर्व–पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध >> सही सूचना दिन कर्णालीका मुख्यमन्त्रीको निर्देशन >> प्रचण्ड माधव बार्तामा मिसिए अशोक राई >> युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ >> कुलमान घिसिङले गरे कार्यसम्पादनमा ९८.९९ प्रतिशत अङ्क दाबी >> सुनचादी ब्यवसायीको रक्तदान तथा स्वस्थ्य परिक्षण >> प्रेस चौतारीको केन्द्रिय सदस्यमा को को भए मनोनित (सुचीसहित) >> नागरिक तर्साउने बाईक चालक कारवाहीमा >> १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने टोलीको बिदाइ >> अमेरिकी डलर संगै युरोपियन युरोको भाउ पनि स्थिर >> सर्वसाधारणले खरिद गर्न मिल्ने माछापुच्छे बैंकको सेयर बिक्रीमा ल्यायो >> तीन दिनदेखी लगातार सुनको मूल्य वृद्धि, तोलाको १ लाख ५४ हजार नाघ्यो >> थारु समुदायका युवा कला र संस्कृति संरक्षणमा जुट्दै >> धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु >> कस्तो होला अबको ३ दिन देशभरको मौसम ? >> रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने >> अटिजम भएका बालबालिकामा समावेशी शिक्षाको महत्व >> आउनुहोस् संकल्प गरौं– बाघखोरलाई आत्मनिर्भर बनाऔं >> प्रधानमन्त्री कप प्रदेश महिला क्रिकेट छनोट: दाङ र नवलपरासीको विजयी सुरुवात >> मृत्यु मार्गमा ‘ब्रेक थ्रु’ ले दिएको खुसी >> पाहुनालाई छैन परालको गुन्द्री >> कपिलवस्तुमा २४८ फरार प्रतिवादी पक्राउ >> भार्से गाउँमा किवीले फलाउँदै हरिया नोट >> अभिषेक चर्च अन्तिम चारमा >> गैंडहवाको १५ औं गाउँसभा >> रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन >> टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर, १६२ जनाले पाए सफाइ >> तानसेनको शीत भण्डारः ८ पटक म्याद थप्दा १० वर्षमा पनि भएन पूरा >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय >> तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएपछि परिवार आन्दोलित  >> धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने >> हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश >> ६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश >> त्रिभुवन आर्मी क्लबलाई उपाधि >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >> गैडाको खागसहित झापामा एक जना पक्राउ >> पूर्वपश्चिम राजमार्गमा द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला >> मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य >> शिक्षकहरूलाई उपचार खर्चमा छुट दिने गृहकार्य अघि बढ्यो >> सेयर बजारमा गिरावट: नेप्से १८.१४ अंकले घट्यो >> नवलपुर क्षेत्रमा कर्मचारीहरूको लागि छुट्टै बस सेवा संचालनमा >> नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनले हरायो >> सिड्नीमा नेपाली नर्सको सातौँ तलाबाट खसेर मृत्यु >> लस एन्जलसको जंगलमा फैलिएको आगोले हलिउड हिल्ससम्म पुर्यायो, मृत्यु र ठूलो क्षति >> विराटनगरको होटल इस्टर्न स्टारमा नागरिक मृत भेटिए >> सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव >> रबि लामिछानेको प्रतिबद्धता: “थुनामुक्त भएमा पीडितको रकम फिर्ता गर्ने पहल गर्छु”

कुलमान घिसिङले गरे कार्यसम्पादनमा ९८.९९ प्रतिशत अङ्क दाबी

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले गएको आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अङ्क दाबी गरी मूल्याङ्कनका लागि मुख्य कार्यसम्पादन सूचकाङ्क समेटिएको विवरण पेश गरेका हुन् ।

मन्त्रिपरिषद्को २०७८ साउन २५ गतेको निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ गते प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको थियो ।

ऊर्जा मन्त्रालयबाट कार्यकारी घिसिङको कार्यसम्पादन आर्थिक वर्ष (आव) २०७८/७९ मा ९४ दशमलव २३ र २०७९/८० मा ९८ दशमलव ९४ प्रतिशत अङ्क प्राप्त भएको थियो । कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।

प्राधिकरणले गएको आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आव २०७२र७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले २०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै नाफाको इतिहास शुरू गरेको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ ।

८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले ८ वर्षमा विद्युतीकरणमा पनि ठूलो सफलता हात पारेको छ । आव २०७२र७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ३ वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर (डबल ए प्लस) रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ ।

प्राधिकरणले गएको आर्थिक वर्षमा बर्खायाममा देशभित्र खपत गरी बढी भएको बिजुली भारततर्फ निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस बेला आयातभन्दा झन्डै १३ करोड रुपैयाँ बढीको बिजुली निर्यात गरी नेपाल खुद बिजुली आयातकर्ताबाट खुद बिजुली निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको थियो । प्रसारण तथा वितरण लाइन, सबस्टेशन निर्माणमा पनि ठूलो सफलता हासिल भएको थियो ।

सरकारले गएको सोमवार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै एक हप्ताको म्याद दिएर स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सम्झौताअनुरूप भदौभित्र कार्यसम्पादन मूल्याङ्कन नै नगराएपछि पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको हो । कार्यसम्पादन मूल्याङ्कनमा ५० प्रतिशतभन्दा कम अङ्क ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था सम्झौतामा छ ।

घिसिङलाई सोधिएको स्पष्टीकरणमा मन्त्रिपरिषद्का निर्णय अवज्ञा गरेको, सञ्चालक समितिको माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखेकोलगायत ९ वटा बुँदा उल्लेख छन् । पछिल्लो समय सरकार र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी विवादका विषयमा मतभेद रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?