ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

सुप्रिम सहकारीमा रवि र छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, जनही चार करोडभन्दा बढी बिगो

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

बुटवल ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीको दोस्रो चरणको अनुसन्धान पनि प्रहरीले टुंगो लगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा अनुसन्धान प्रतिवेदन बुझाएको बताए।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले अनुसन्धान प्रतिवेदन प्राप्त भएको बताउँदै अभियोजनका लागि तयारी गरिरहेको बताए।

पुरक अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय छ। दोस्रो चरणमा प्रतिवादी बनाइएकामा रवि र छवि बाहेक ६ जना इलाका प्हरी कार्यालय बुटवलको हिरासतमा छन्।

यसअघिको पहिलो चरणको अनुसन्धानमा २८ जनाविरुद्ध अभियोग दर्ता भएको थियो। दोस्रो चरणको अनुसन्धानपछि यो मुद्दाको बिगो पनि थप भएको छ। पहिलो चरणमा जम्मा बिगो १ अर्ब ३ करोड रहेकोमा ९ करोड बिगो बढेको छ। अब जम्मा बिगो १ अर्ब १२ करोड बढी कायम भएको छ।

प्रतिवादी रवि लामिछाने र छविलाल जोशीको हकमा पनि छुट्टा छुट्टै बिगो कायम गरिएको छ। लामिछानेको हकमा प्रहरीले ४ करोड बढी बिगो कायम गरेर पठाएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ।

लामिछानेलाई भन्दा बन्जाडेलाई ७/८ लाख बढी बिगो कायम गरिएको छ। दुवै जनाको हकमा व्यक्तिगत दायित्व करिब २ करोड र सामूहिक दायित्व २ करोड जति नै गरी ४ करोड बढी बिगो कायम भएको स्रोतले जानकारी दिएको छ।

उनीहरूमाथि सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर गर्न प्रहरीको राय छ। सम्पत्ति शुद्धीकरणमा कास्की अदालतमै मुद्दा दायर भइसकेकाले रुपन्देहीमा नहुने भएको छ।

त्यहाँ देखिएको केही कारोबार पनि थप बिगो कायम गर्न कास्की नै पठाउने तयारी छ। अब प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा केहीदिनपछि सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गर्ने जिल्ला न्यायाधिवक्ता पौडेलले बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि र छविसहितका ७ प्रतिवादी धरौटीमा रिहा भएका छन्। लिला पछाई पनि शुक्रबार धरौटी बुझाएर रिहा भएको कास्की प्रहरीले जानकारी दिएको छ।
रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा र छविलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। आदेश आएको केहिबेरमै धरौटी बुझाएर उनीहरू रिहा भएका हुन्।

अब उनीहरू जिल्ला अदालत काठमाडौँमा हाजिर हुने भएका छन्। अदालतमा आफैँ हाजिर हुने गरी उनीहरूलाई कास्की प्रहरीले रिहा गरिदिएको हो।

रुपन्देही, काठमाडौँ, चितवन र पर्सा प्रहरीले कास्कीको मुद्दामा रिहा भएपछि रवि र छविलाई उपस्थित गराइदिन पत्राचार गरेका थिए। तर अदालतले आदेशमा यो विषयमा मौन रहेपछि प्हरीले उनलाई रिहा गरेर आफैँ उपस्थित हुन मौका दिएको हो।

अब रवि र छवि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने तयारीमा छन्। काठमाडौँ अदालतमा रविलाई ५ करोड ८ लाख र छविलाई ५ करोड ७८ लाख बिगोसहित सहकारी ठगी र संगठित अपराधकै कसुरमा अभियोग दर्ता गरिएको छ।

काठमाडौँको मुद्दा सकिएलगतै रुपन्देही अदालतमा उनीहरू उपस्थित हुनु पर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?