© २०२३
नवलपुर, २६ पुस ।
पुर्वी नवलपरासीको नवलपुर विनयी खोलाको पुल भासिँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबास स्थित विनयी खोलाको पुल भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।
शुक्रवार साँझ करिब ५ बजेको समयमा पुलको बिच भाग आफै भासिएपछि यातायात अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताएका छन । पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उनले बताए । डाइभर्सन निर्माण गरी यातायात सुचारु गर्न केही समय लाग्ने प्रजिअ पोख्रेलले बताए ।