© २०२३
अटिजम एक प्रकारको न्योरोमलपमेन्टल विकार हो । जसले मानिसको सामाजिक र सञ्चार गर्ने क्षमतालाई प्रभावित गर्नुको साथ साथै उनीहरूले गर्न नहुने खालका क्रियाकलापहरू एकोहोरो पारा दोहो¥याई तेह¥याई गर्ने गर्छन र आफ्नो इच्छा भएको काम एकदम राम्रोसँग गर्न सक्ने हुन्छन् । यी चुनौती सँगसगै अरू धेरै चुनौतीहरू छन् । जसको कारणले गर्दा अटिजम भएकाले विभिन्न प्रकारका व्यवहारहरू देखाउँछन् । अटिजम भएकाले विभिन्न प्रकारका व्यवहारहरू देखाउँछन् । अटिजम बच्चामा आमाको गर्भासयमा हुँदै भएको र यसको लक्षणहरू बच्चाहरूमा सामान्यतया ३ वर्षको उमेरमा देखापर्न थाल्छ । अटिजम भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका चुनौतीहरूको सामना गर्नुपर्छ र यस विषयमा चेतना फैलाउनु निकै जरुरी छ । अटिजम लक्षणहरूको कुरा गर्दा व्यक्ति व्यक्तिमा यसको लक्षण फरक हुन सक्छ ।
लक्षणहरूः
सामाजिक अन्तरक्रिया गर्न कठिनाई, भाषा विकासमा ढिलाई, एकै चीजमा अत्यधिक चासो, रुचीको बिषयमा अडिग रहन्छन, भावनालाई बुझ्न गाह्रो हुन्छ, दोहोयाई तेहयाई कुनै काम गर्ने वा बोल्ने बानी हुन्छ, एक्लै खेल्न बस्न रुचाउने, आँखा जुधाएर कुरा गर्न नसक्ने, दोहो¥याउने गतिविधि जस्तै हात हल्लाउने, दौडी रहने, उफ्रिरहने, परिवर्तन नरुचाउने, संवेदनशीलताप्रति धेरै प्रतिकृयाशीलता (ध्वनी, प्रकाश, स्पर्श) गर्छन । यो लक्षण भएमा अटिजम भन्ने बुझ्नुपर्छ । जसले गर्दा हामी यसका लक्षणहरू पहिचान गर्न र प्रभावित बालबालिकाहरूलाई सहयोग गर्न सक्छौँ । सहि समयमा पहिचान गर्नु र समर्थन गर्नु नै यस्ता बालबालिकालाई सुधार गर्ने बाटो खोल्नु हो । अटिजम भएकोलाई विशेष वातावरण र ज्ञान दिने हो भने उनीहरूले सफल जीवन जीउन सक्छन् ।
अटिजमका बारेमा जनचेतना फैलाउन हामी सबैको महत्वपूर्ण भूमिका छ । अरूलाई यसको बारेमा जानेको कुरा भनेर सकारात्मक सोच फैलाउन र स्वीकार गर्न भनेर प्रेरित गर्न सक्छौँ । अटिजमको बारेमा जनचेतना फैलाउनु र यसलाई आत्मसाथ गर्नु भनेको नै अटिजम भएका बालबालिका र व्यक्तिलाई सहजरूपले समाजमा समावेश हुन सहि वातावरण दिनु हो । यसले सकारात्मक परिवर्तन ल्याउने छ । अटिजम भएका बालबालिकाका लागि समावेशी शिक्षाको महत्व अटिजम भएका बालबालिकालाई अन्य बालबालिकासँग खेल्न र साथी बनाउन समावेशी शिक्षाले अवसर दिन्छ । यसले बालबालिकाको सामाजिक कौशलतालाई सुधार गर्न मद्दत गर्छ । स्कुलको वातावरणमा अटिजम भएका बालबालिकाले धेरै कुरा सिक्ने हुनाले समावेशी शिक्षाले बच्चाहरूको विकासमा ठूलो भूमिका खेल्छ । शिक्षक, अभिभावक र सम्बन्धित निकाय मिलेर काम गर्न समावेशी शिक्षा प्रणालीले प्रोत्साहित गर्छ । सबै बालबालिकाहरूमा समान शिक्षाको अवसर दिनु जरुरी भएकाले अटिजम भएका बालबालिकालाई पनि आफुलाई व्यक्त गर्ने स्थान र अवसर दिनुपर्छ । समावेशी शिक्षाले अटिजम भएका बालबालिकालाई भविष्यको लागि हरेक क्रियाकलाप गर्न तयार पार्दछ ।
नेपालमा समावेशी शिक्षाको अवस्थाः
नेपालको शैक्षिक प्रणालीको महत्वपूर्ण पक्ष समावेशी शिक्षा हो । जसले सबै बालबालिकालाई चाहे तिनीहरूका शारीरिक, मानसिक वा अन्य सामाजिक, आर्थिक अवस्थाका कारण, शिक्षा पाउने समान अवसर दिन्छ । नेपालमा गरिएको समावेशी शिक्षा सम्बन्धी पहिलो प्रयासले हरेक प्रकारका जाति, भाषा र आवश्यकता भएका बालबालिकालाई शिक्षा पाउनका लागि वातावरण सिर्जना गर्ने बाटोमा सकारात्मक कदम चालेका छन् । समावेशी िशक्षाको लागि सरकारले विभिन्न नीति नियम बनाएतापनि नेपालका स्कुलहरूमा अटिजम भएका बालबालिकालाई अरू सरह अध्ययन गराउन वा समावेश गराउन धेरै चुनौतीहरूको सामना गर्नुपर्छ । थोरै विद्यालयहरूले मात्र अटिजम र समावेशी शिक्षालाई बुझेको र केही विद्यार्थीलाई समावेश गरेको पाइन्छ । अटिजमको सचेतना नभएको शिक्षकहरूले सोही अनुसार तालिम नपाएको, शैक्षिक सामाग्री तथा पाठ्यक्रमको कमी यी सबै कारणहरूले गर्दा विद्यालयहरूमा बालबालिकालाई समावेशी गर्न गाह्रो भएको छ ।