ट्रेंडिंग:

>> रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन >> टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर, १६२ जनाले पाए सफाइ >> तानसेनको शीत भण्डारः ८ पटक म्याद थप्दा १० वर्षमा पनि भएन पूरा >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय >> तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएपछि परिवार आन्दोलित  >> धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने >> हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश >> ६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश >> त्रिभुवन आर्मी क्लबलाई उपाधि >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >> गैडाको खागसहित झापामा एक जना पक्राउ >> पूर्वपश्चिम राजमार्गमा द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला >> मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य >> शिक्षकहरूलाई उपचार खर्चमा छुट दिने गृहकार्य अघि बढ्यो >> सेयर बजारमा गिरावट: नेप्से १८.१४ अंकले घट्यो >> नवलपुर क्षेत्रमा कर्मचारीहरूको लागि छुट्टै बस सेवा संचालनमा >> नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनले हरायो >> सिड्नीमा नेपाली नर्सको सातौँ तलाबाट खसेर मृत्यु >> लस एन्जलसको जंगलमा फैलिएको आगोले हलिउड हिल्ससम्म पुर्यायो, मृत्यु र ठूलो क्षति >> विराटनगरको होटल इस्टर्न स्टारमा नागरिक मृत भेटिए >> सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव >> रबि लामिछानेको प्रतिबद्धता: “थुनामुक्त भएमा पीडितको रकम फिर्ता गर्ने पहल गर्छु” >> सल्यानमा आमाले दुई बालिकालाई हत्या गरेकी पुष्टि >>  सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको बहस सकियो, आदेश आज आउने सम्भावना >> राष्ट्रिय परिचयपत्र विवादमा पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकियो >> नेपाल राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गर्यो >> हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर >> वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर >> रवि लामिछानेसहित ७ आरोपीलाइ अदालत लगियो >> लेखा समितिका पूर्व स्वकीय सचिव पक्राउ >> दाङमामा २४ किलो लागुऔषधसहित तीन जना पक्राउ  >> सुन-चाँदी दुवैको भाउ बढ्यो >> रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा प्रक्रिया सुरु >> ‘फोनपे बिजनेस एपमा अन–रिक्वेस्ट विदड्रअल सुबिधा, अब निःशुल्क !’ >> लुम्बिनीमा दान बापत १ करोड ४३ लाख संकलन >> प्रहरीले समायो दुई गाडी अवैध लसुन >> गुल्मेलीले फलाए साढे २४ करोडको सुन्तला >> जीवनलाई सुखी बनाउन ‘लेन्स’ बदलौं >> शितलहरबाट जोगाउ नागरिक >> प्रादेशिक अस्पतालमा पित्तथैली अपरेशनमा विशेष प्राथमिकता >> बुटवल नारायणघाट सडक दुर्दसाः मध्य हिउँदमा ‘ढिलासुस्तीको सास्ती’ >> सिटी क्याम्पस बुटवलमा आगलागी >> राष्ट्रिय खेल भलिबल : घोषणापछि पूर्वाधार सम्झिदैन सरकार >> तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो, सडकमा गाडी चलाउन समस्या >> दाउन्नेमा शीतलहरले फेरि बाटो बन्द, हिंडेर सडक पार गर्दै यात्रु >> एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय >> मौद्रिक नीति : अर्थतन्त्र सुधारको अस्त्र >> सिद्धबाबा सुरुङ छिचोलिन ८ मिटर मात्रै बाँकी, केही दिनमै ‘ब्रेक थ्रु >> स्वस्थ खानाका लागि न्यु लाइटमा अभिभावकलाई तालिम >> भैरव एफसी अन्तिम चारमा

एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले त्यस्ता हल्लाको पछि नलाग्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

‘जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ।’

मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ।

तथापि  मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ।

एचएमपिभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

यस्तै, बिरामीको नजिक/सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?