© २०२३
पोखरा, २५ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले कास्की जिल्ला अदालतमा थुनामुक्त भएमा सहकारी पीडितको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। अदालतमा आरोपितलाई कुरा राख्ने समय दिइएपछि लामिछानेले भने, “पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्। गृहमन्त्री हुँदा मैले कुनै शक्ति दुरुपयोग गरिनँ, अब पनि दुरुपयोग गर्ने अवस्था छैन।”
लामिछानेसहित ७ जना आरोपितलाई सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ गरिएको छ। उनीहरूको थुनछेक र जवाफी बहस सकिएको छ, र अदालतले आजै आदेश दिने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्। यस मुद्दामा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङ लगायतका अन्य व्यक्तिहरू पनि हिरासतमा छन्।