ट्रेंडिंग:

>> कस्तो होला अबको ३ दिन देशभरको मौसम ? >> रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने >> अटिजम भएका बालबालिकामा समावेशी शिक्षाको महत्व >> आउनुहोस् संकल्प गरौं– बाघखोरलाई आत्मनिर्भर बनाऔं >> प्रधानमन्त्री कप प्रदेश महिला क्रिकेट छनोट: दाङ र नवलपरासीको विजयी सुरुवात >> मृत्यु मार्गमा ‘ब्रेक थ्रु’ ले दिएको खुसी >> पाहुनालाई छैन परालको गुन्द्री >> कपिलवस्तुमा २४८ फरार प्रतिवादी पक्राउ >> भार्से गाउँमा किवीले फलाउँदै हरिया नोट >> अभिषेक चर्च अन्तिम चारमा >> गैंडहवाको १५ औं गाउँसभा >> रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन >> टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर, १६२ जनाले पाए सफाइ >> तानसेनको शीत भण्डारः ८ पटक म्याद थप्दा १० वर्षमा पनि भएन पूरा >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय >> तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएपछि परिवार आन्दोलित  >> धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने >> हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश >> ६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश >> त्रिभुवन आर्मी क्लबलाई उपाधि >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >> गैडाको खागसहित झापामा एक जना पक्राउ >> पूर्वपश्चिम राजमार्गमा द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला >> मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य >> शिक्षकहरूलाई उपचार खर्चमा छुट दिने गृहकार्य अघि बढ्यो >> सेयर बजारमा गिरावट: नेप्से १८.१४ अंकले घट्यो >> नवलपुर क्षेत्रमा कर्मचारीहरूको लागि छुट्टै बस सेवा संचालनमा >> नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनले हरायो >> सिड्नीमा नेपाली नर्सको सातौँ तलाबाट खसेर मृत्यु >> लस एन्जलसको जंगलमा फैलिएको आगोले हलिउड हिल्ससम्म पुर्यायो, मृत्यु र ठूलो क्षति >> विराटनगरको होटल इस्टर्न स्टारमा नागरिक मृत भेटिए >> सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव >> रबि लामिछानेको प्रतिबद्धता: “थुनामुक्त भएमा पीडितको रकम फिर्ता गर्ने पहल गर्छु” >> सल्यानमा आमाले दुई बालिकालाई हत्या गरेकी पुष्टि >>  सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको बहस सकियो, आदेश आज आउने सम्भावना >> राष्ट्रिय परिचयपत्र विवादमा पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकियो >> नेपाल राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गर्यो >> हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर >> वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर >> रवि लामिछानेसहित ७ आरोपीलाइ अदालत लगियो >> लेखा समितिका पूर्व स्वकीय सचिव पक्राउ >> दाङमामा २४ किलो लागुऔषधसहित तीन जना पक्राउ  >> सुन-चाँदी दुवैको भाउ बढ्यो >> रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा प्रक्रिया सुरु >> ‘फोनपे बिजनेस एपमा अन–रिक्वेस्ट विदड्रअल सुबिधा, अब निःशुल्क !’ >> लुम्बिनीमा दान बापत १ करोड ४३ लाख संकलन >> प्रहरीले समायो दुई गाडी अवैध लसुन >> गुल्मेलीले फलाए साढे २४ करोडको सुन्तला >> जीवनलाई सुखी बनाउन ‘लेन्स’ बदलौं >> शितलहरबाट जोगाउ नागरिक

सिड्नीमा नेपाली नर्सको सातौँ तलाबाट खसेर मृत्यु

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

सिड्नी ।

अस्ट्रेलियाको सिड्नीमा एक जना नेपाली नर्सको मृत्यु भएको छ। ३९ वर्षीया दीक्षा दाहालको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेर मृत्यु भएको हो।

यो घटना ५ जनवरी, २०२५ का राति १:४५ बजे भएको बताइएको छ। प्रहरीले घटनास्थलमा पुगेपछि दीक्षाको मृत्यु भएको पुष्टि गरेको छ। दीक्षा केही समयअघि नेपाल आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग विवाह गरेकी थिइन्।

घटनाको अनुसन्धानमा खुलासा भएको छ कि घटनाको दुई घन्टा अघि दीक्षाको फ्लाटबाट आकस्मिक सेवामा फोन गरिएको थियो। त्यसको केही समयपछि, एक प्रत्यक्षदर्शीले दीक्षालाई बाल्कोनीमा झुन्डिरहेको देखेपछि मद्दतका लागि १०० नम्बरमा फोन गरेका थिए। फोन गरेको एक मिनेटमै प्रहरी घटनास्थलमा पुगेको थियो, तर प्रहरी पुग्दा दीक्षा बाल्कोनीबाट खसिसकेकी थिइन्।

प्रहरीले लबिन्द्र र अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ। घटनाको कारण झगडा थियो भन्ने आशंका गरिएको छ। यसअघि पनि डिसेम्बर महिनामा दीक्षा र लबिन्द्र बीच झगडा भएको बेला प्रहरी घटनास्थलमा पुगेको थियो।

यस घटनामा अहिलेसम्म कुनै अभियोग लगाइएको छैन र प्रहरीले अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?