ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मृत्यु मार्गमा ‘ब्रेक थ्रु’ ले दिएको खुसी

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

मृत्यु मार्गको रूपमा परिचित बुटवल पाल्पा सडक खण्डको अति जोखिम सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम ‘ब्रेक थ्रु’ को चरणमा प्रवेश गरेको छ । सिद्धबाबा सुरुङमार्ग छिचोलिन ८ मिटर मात्रै बाँकी रहेको समाचारले यो सडक क्षेत्र भएर यात्रा गर्ने हजारौं यात्रुलाई खुसी दिलाएको छ । पुस २३ गतेसम्म एक हजार ८९ मिटर लामो सुरुङमार्गको १ हजार ८१ मिटर खनिसकिएको छ । सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार उत्तर तर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ । सुरुङमार्गमा दुईवटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन् । सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुने चरणमा पुगको छ । अव यो सडकमा अर्को बर्ष ठिक यही बेलामा सवारी साधन सञ्चालन गर्न सकिने भएको । यो सुरुङमार्ग निर्माणबाट इमान्दारिता र प्रतिवद्धता अनुरूप काम गर्ने हो भने कुनैपनि काम समय अगावै गर्न सकिन्छ भन्ने सन्देश निर्माण कम्पनीले दिएको छ । बुटवल नारायणगढ सडक आयोजनाको निर्माण कम्पनीले यो सडक निर्माणबाट पाठ सिक्नु जरुरी छ । सुरुङ मार्गमा अव कंक्रिट लाइनिङ, उत्तर र दक्षिणतर्फ स्लोप निर्माणको काम बाँकी छ । आयोजनाका अनुसार कुल भौतिक प्रगति ३८.८५ प्रतिशत हुँदा वित्तिय तर्फ ३९.९० प्रतिशत भएको छ । सुरुङ मार्ग आयोजनाले अबको केही दिनभित्रै औपचारिक कार्यक्रम गरी ‘ब्रेक थ्रु’ गर्ने जनाएको छ । सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएपनि गाडी सञ्चालन हुनको लागि अझै एक वर्ष लाग्ने छ । बुटवलदेखि पाल्पा, गुल्मी, स्याङजा, बाग्लुङ र पोखरासम्म जाने सवारीका साधनको मूख्य गन्तब्य यही सिद्धवावाको जोखिमयुक्त सडक नै भैरहेको अवस्थामा बढ्दो मानवीय क्षति कम गर्न सुरुङ मार्गले ठूलो भूमिका खेल्ने छ भन्ने विश्वास गरिएको छ । दैनिक हजारौं सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौं मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । बर्षामा यो सडक क्षेत्र त्यसैपनि अति जोखिममा छ ।

अझैपनि बर्षेनी यो सडकमा मानवीय क्षति हुने क्रम रोकिएको छैन् । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । यातायात क्षेत्रको यस्ता गम्भीर समस्याको समाधानार्थ मुलुकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सिद्धवावा सुरुङ मार्गको अवधारणालाई प्राथमिकता दिएर काम अगाडि बढाएको हो । जेहोस यो सुरुङ मार्ग निर्माणबाट आम जनताले खुसीको अनुभूति गरेका छन । अव सुरुङ सञ्चालन हुने वातावरणले विशेषगरी सवारी साधनहरूलाई बुटवलदेखि पहाडी जिल्ला जान र आउन सहज हुनेछ । सिद्धवावा सुरुङ मार्ग निर्माणको प्रकृया आरम्भ हुँदा मात्रैपनि यस क्षेत्रमा आशा र उत्साह जगाएको थियो । अव सवारी साधन संचालन हुने अवस्था आउनै लाग्दा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता अन्त्य हुनेछ । त्यसो त सुरुङमार्ग निर्माणको काम तीन वर्षभित्रमा सम्पन्न हुने आशा गरिएको थियो तर निर्धारित मितिभन्दा अगावै निर्माण हुनु भनेको निर्माण पक्षको उदाहरणीय काम हो । यद्यपि नेपालमा निर्धारित मितिमा कुनैपनि आयोजना सम्पन्न भएको उदाहरण धेरै छैन । तरपनि यो सुरुङमार्ग निर्माण निर्धारित मितिमै सम्पन्न भएर सञ्चालनमा आउने आशा अव बढेको छ । अव वर्षौंदेखि भोगिरहेको पहिरोको जोखिम र सास्तीबाट चाँडै मुक्ति पाउने यस क्षेत्रका जनताको अपेक्षा छ । अव सबै अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर गुणस्तरीयताको दृष्टिबाट नेपालको यो सुरुङमार्गलाई सुरक्षित तथा स्तरीय बनाउन कुनै कमी राखिनु हुँदैन । यो सुरुङ मार्गले बुटवलमात्र होइन समग्र काठमाण्डौं पश्चिमको तथा लुम्विनी प्रदेश वरिपरिको सामाजिक र आर्थिक पक्षमा निकै सकारात्मक प्रभाव पार्ने सम्भावनालाई अभिवृद्धि गरेको छ । जसरी सिद्धवावा सुरुङ मार्गले आशाको सञ्चार गरेको छ, अव त्यसरी नै बुटवल नारायणगढ सडक खण्डले पनि आम जनतामा खुसी ल्याओस् । अहिले निर्माणको काम भैरहेको छ । अव सिद्धवावा सुरुङ मार्गमा जस्तै बुटवल नारायणगढ सडक खण्डमा पनि निर्माणले आम जनतामा खुसी ल्याओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?