ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

पोखरा ।

कास्की जिल्ला अदालतले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि प्रहरीले तत्काल नछाड्ने भएको छ।

यसअघि अभियोगपत्रमै रविलाई तत्काल छुटी जाने भएमा प्रहरीलाई नै जिम्मा दिन सरकारी पक्षले माग गरेको छ।

रविविरुद्ध रुपन्देही, काठमाडौँ, चितवन र वीरगन्जमा पनि सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई प्रहरी प्रतिनिधिकै जिम्मा दिन माग गरिएको छ।

रविसँगै यसै प्रकरणमा हिरासतमा रहेका छविलाल बन्जाडे र रामबहादुर खनाललाई पनि अन्य जिल्लामा मुद्दा चलाउन लैजानुपर्ने कारण खोली प्रहरीले आफ्ना कर्मचारीलाई जिम्मा दिन माग गरेको छ।

अभियोगपत्रमा लेखिएको छ, ‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धानपश्चात् सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसुरमा छुटी जाने भएमा सम्मानित अदालतहरूमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरूलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाइदिने व्यवस्था हुन अनुरोध छ।’

प्रहरीले उक्त अभियोगपत्रमा रवि र छविलाई रुपन्देही, काठमाडौँ, चितवन र पर्सा चारवटै जिल्लामा लैजानुपर्ने खुलाएको छ। रामबहादुर खनाललाई भने वीरगन्ज र चितव मात्र लैजानुपर्ने उल्लेख गरेको छ।

पोखरामा स्वर्णलक्ष्मी सहकारीको डेढ अर्बभन्दा बढी रुपैयाँ संगठित तवरले ठगी गरेको यस समूहमाथि अभियोग लागेको छ। यस्तै गैरकानुनीरूपमा सहकारीबाट ठगी गरेको रकमलाई वैध बनाउन गोर्खा मिडिया नेटवर्क र अन्य विभिन्न कम्पनी खडा गरी महँगो पारिश्रमिक, सेवासुविधा तथा सापटीका रूपमा प्रयोग गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ। त्यसैले उनीहरूका विरूद्धमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलाइएको छ।

रविले अवैधरूपमा संकलन गरेको सम्पत्ति लुकाउन भूमिका खेलेको भन्दै उनकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाई उक्त सम्पत्ति जफत गर्नुपर्ने मागदाबी सरकारी पक्षले अदालतमा गरेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा रविसँग २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो भराउन माग गरिएको छ।

‘रविसहितका प्रतिवादीहरूले आपराधिक समूहको लाभका लागि आपराधिक समूहसँग मिलेर आपराधिक समूहको सदस्य भई जानीजानी सहकारीको बचत रकम अपचलन गरी संगठित अपराधको कसुर गरेको पुष्टि भएको’ दाबी पनि अभियोगपत्रमा गरिएको छ।

अब बुटवल (रुपन्देही)को सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी र वीरगन्ज (पर्सा)को सानो पाइला सहकारी ठगी प्रकरणमा मुद्दा चलाउने तयारी छ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा कसुरको अभियोगमा मुद्दा दायर भएसँगै रवि सांसद पदबाट निलम्बित भइसकेका छन्। पार्टी सभापतिको कार्यवाहक जिम्मेवारी उनले उपाध्यक्ष डीपी अर्याललाई सुम्पिइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?