© २०२३
विराटनगर।
विराटनगरको होटल इस्टर्न स्टारमा एक भारत नागरिक मृत भेटिएका छन्। भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत अवस्थामा फेला परेका छन्।
मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी थिए। कम्पनीका अन्य कर्मचारीसहित उनी कार्यक्रमको लागि विराटनगर आएका थिए।
बुधबार साँझ ककटेल डिनर (मदिरासहित रातिको खानपान) खाएपछि उनी सुत्न गएका थिए। बिहीबार बिहान उनी मृत अवस्थामा भेटिए। होटलका अन्य साथीहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर ल्याएको जनाएको छ। धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले व्यक्त गरेको छ।