© २०२३
बुटवल, २४ पुस । रुपन्देहीमा जारी शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप २०८१ को क्वाटरफाईनल खेलमा विजयी हुदै अभिशेष चर्च रजहर, नवलपरासीका अन्तिम चारमा स्थान बनाएको छ । बिहिबार भएको खेलमा झरना स्पोर्टस क्लब, कुन्जलापुरलाई ३–० गोल अन्तरले पराजित गर्दै अभिशेष चर्च रजहर, नवलपरासी सेमीफाईनलमा प्रवेश गरेको हो ।
फर्साटिकर माविको खेलमैदान भएको खेलमा चर्चको जितमा जेनिश प्रजापतिले शानदार दुई गोल गरे । उनले खेलको ८ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए । दोस्रो हाफको छैटौ मिनेटमा उनले अर्को गोल थपे । खेलको ईन्जरी समयमा विदेशी खेलाडी रिचार्डले थप एक गोल गरे । प्रतियोगितामा विजेता चर्चका गोलकिपर अनुप राना भने रातो कार्ड पाउदै मैदान छोडेपछि टिम १० खेलाडीमा सिमित भएको थियो । खेलमा जेनिश म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार रुपैया, उपविजेताले १ लाख ५० हजार ५ रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत हुने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए । विहिबार तेस्रो क्वाटरफाईनल खेलमा देवदह ब्याईज रुपन्देहीले आयोजक फर्साटिकर युवा क्लबसंग सामना गर्ने छ ।