ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

भार्से गाउँमा किवीले फलाउँदै हरिया नोट

२०६५ सालबाट किवी लगाउन शुरु गरेका त्यहाँका कृषकहरूको बारी यतिवेला किवीका लहराहरूले ढपक्कै ढाकेको छ । भार्सेका कृषकहरूले किवी बिक्री गरेर वार्षिक ८० लाख भन्दा बढी आम्दानी गर्न थालेका छन् ।
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

गुल्मी, २५ पुस । किवी खेतीबाट पैसा हातमा परेपछि गुल्मी भार्सेका कृषकहरू यतिबेला व्यवसायिक रूपमा लागेका छन् । अन्य खेतीको तुलनामा किवी खेतीबाट कृषकहरूको आकर्षण किवीमा बढेको हो । जिल्लाको सत्यवति गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकहरूले किवी बिक्री गरेर वार्षिक ८० लाख भन्दा बढी आम्दानी गर्न थालेका छन । २०६५ सालबाट किवी लगाउन शुरु गरेका त्यहाँका कृषकहरूको बारी यतिवलेला किवीका लहराहरूले ढपक्कै ढाकेको छ । भार्षेका कृषकहरू यतिबेला किवीको व्यववसायिक उत्पादन शुरु गरेपछि उनीहरूको आर्थिक स्तरमा समेत बृद्धि हुँदै जान थालेको छ ।

जिल्लामा सबैभन्दा धेरै किवी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्दछ । सत्यवतीको भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किवीको व्यवसायिक रूपमा उत्पादन हुँदै आएको छ । ४० हेक्टर क्षेत्रफलमा गरिएको किवी उत्पादनबाट यो वर्ष त्यहाँका कृषकहरूले ८० टन भन्दा बढी किवी उत्पादन गरेको स्थानीय कृषक एवं वडा सदश्य यम बहादुर थापाले जानकारी दिए । भार्षेमा उत्पादित किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ । बजारमा उपलब्ध किवीको तुलनामा भार्षेमा उत्पादित किवीको औषत मूल्य दुई सय रूपैंया रहेको छ । यहाँका कृषकको मुख्य आम्दानी यतिबेला किवी खेती बनेको छ ।

सत्यवती गाउँपालिकाले भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरेसँगै किवी उत्पादनमा स्थानीयहरूको आकर्षण बर्षेनी बढ्दै गएको हो । किवी खेतीको व्यवसायिक उत्पादनका लागि कृषकहरूलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, विरुवा, पोल निर्माण र सिँचाई लगायतका क्षेत्रमा सहयोग गदैं आएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए । यसवर्ष पनि गाउँपालिकाबाट नर्सरी सपना, बगैंचा व्यवस्थापनसँगै किवीको जाम र वाईन बनाउने तालिम समेत प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिएका छन । भार्षेमा रहेको रानीबन होम स्टेसँगै जोडिएको किवी खेतीले यस क्षेत्रको पर्यटन प्रर्बद्धनलाई समेत सहयोग पुराउने भुसालले बताए ।

भार्षेका कृषक यम बहादुर थापाले व्यवसायिक रूपमा किवी खेती गर्दै आएका छन । उनले लगाएका एक सय ५० वोटहरू मध्ये एक सय ३० बोटहरूले फल दिन थालेको बताए । यसपटक थापाले २५ क्वीन्टल किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाइसकेका छ । गत वर्षको तुलनामा यस पटक उत्पादन बढेसँगै किवीको मूल्य घटेको उनको भनाइ छ । उहाँको बारीमा रेडकिबी, हेवार्ड, एलिसन, ब्रुनो गरि चार जातका किवीहरू रहेका छन । अन्य खेतीको तुलनामा किवी खेतीवाट राम्रो आम्दानी हुने थापाकोे अनुभव छ । यी मध्य एलिसन जातको किवी मिठो र स्वादिलो हुने थापाले बताए । यहाँका कृषकहरूले न्यूनतम पचास हजारदेखि वार्षिक पाँच लाख भन्दा बढी आम्दानी गर्दैै आईरहेका छन ।
सिजनमा भार्षेका कृषकहरूका अधिकाँस बारीहरू किवीले ढपक्कै ढाकिएका हुन्छन । किवीको बिरुवा रोपेको तीन बर्षबाटै फल दिन शुरु गर्दछ । यसले एउटै बोटवाट ६० देखि एक सय २० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । । लगाएको तीन वर्षमा किवीले आम्दानी दिन थालेपछि कृषकहरू पनि दंग छन । शुरुशुरुमा किवी लगायर के होला र भन्ने स्थानीयहरू समेत यतिबेला किवीबाट राम्रो हुन थालेपछि उनीहरूकोे दैनीक जीवनमा समेत परिवर्तन आएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताईन ।

अहिले भार्षेका महिलाहरूलाई घरखर्च चलाउनका लागि निकै सहज भएको छ । पछिल्लो समयमा बाँदर, बँदेल र चराचुरुङ्गीहरूबाट अन्य खाद्य वाली जोगाउन समस्या परेको अबस्थामा किवी खेती त्यहाँका कृषकहरू लागि यतिबेला बरदान सावित जस्तै भएको छ ।
अन्य खेतीको तुलनामा किवी बढी झुसिलो हुने भएका कारण पनि अन्य बन्यजन्तुहरू पनि टाढै बस्ने गरेको बताईएको छ । जसका कारण कृषकहरूलाई खेती जोगाउन पनि खासै समस्या छैन । जिल्लामा १२ सय मिटरदेखि २ हजार मीटर उचाईसम्म किवी खेती गरिदै आएको छ ।
गुल्मीमा सत्यवती गाउँपालीका लगायत कालीगण्डकी, मदाने, मालीका, धुर्कोट, छत्रकोछट लगायतका पालिकाहरूमा किवीको व्यवसायीक खेती गर्न थालिएको छ ।

किवी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किवीमा भिटामिन सी धेरै हुने भएका कारण यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबर समेत पाईने भएकोले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादको रूपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्व भएको कारण सबै उमेर समुहका व्यक्तिहरूका लागि उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?