ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

तानसेनको शीत भण्डारः ८ पटक म्याद थप्दा १० वर्षमा पनि भएन पूरा

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

पाल्पा, २५ पुस ।

तत्कालीन समयमा जिल्लाकै सबैभन्दा ठूलो शित भण्डारको निर्माण कार्य आरम्भ गरेको दशवर्षमा आठौंपटक म्याद थप गर्दा पनि भौतिक प्रगति ८० प्रतिशत मात्र पूरा भएको छ ।

तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा र भारतीय सरकारको आर्थिक सहयोगमा तानसेन नगरको बाघखोरमा निर्मित शित भण्डारको भौतिक प्रगति ८० प्रतिशत मात्र भएको छ ।

२०७१ सालको जेठ १५ गते निर्माण कार्य पूरा गर्ने गरी २०६९ साल फागुन २३ गते ४ करोड ९९ लाख ९१ हजार ९ सय ६ रुपैयाँमा हिमडुङ एन्ड ठोकर नुवाकोटले ठेक्का सम्झौता गरेको थियो । यहाँका कृषकहरुको कृषि उपजको भण्डारणको लागि भन्दै भारतीय सरकारको सहयोगमा २ सय मेट्रिक टन क्षमताको शित भण्डारको निर्माण कार्य अगाडि बढेको थियो ।

बुटवल पाल्पा सडक खण्डको डेढ किलोमिटरको दुरीमा ४ रोपनी क्षेत्रफलमा फैलिएको यो शित भण्डार गत वर्षमा २७ प्रतिशत मात्र भौतिक प्रगति पूरा भएकोमा हाल सम्म ८० प्रतिशत मात्र भौतिक प्रगति पूरा गरेको नगरपालिकाका मुख्य प्राविधिक राम प्रसाद पाण्डेले बताए ।

स्थानीय तहमा जनप्रतिनिधिविहीन समयमा निर्माण कार्य आरम्भ गरेको यस योजनाका लागि आवश्यक निर्माणजन्य सामग्रीको ढुवानीका लागि मौजुुदा सडकको स्तरोन्नतीको क्रममा नगरपालिका प्राविधिक र निर्माण कम्पनीबिच सडक स्तरोन्नतीको विषयमा लेनदेन नमिलेका कारण तत्कालीन समयमा निर्माण कार्यले गति लिन नसकेको निर्माण कम्पनीका एक प्राविधिकले बताए ।

दुई वर्षमा निर्माण कार्य पूरा गर्नुपर्ने योजना निर्माण कम्पनीले आलटाल गरेका कारण भारतीय राजदुताबासबाट रकम निकासा रोकिएको थियो । एक वर्ष अगाडि दातृ निकायबाट सहयोग रकम नआएपनि नगरपालिकाले आफनै श्रोतबाट निर्माण कार्य अगाडि बढाउने निर्णय गरेपछि निर्माण कम्पनीलाई ताकेता र भारतीय सरकारलाई जानकारी गराएको थियो । नगरपालिका आफैले निर्माण गर्ने जानकारी गराएपछि राजदुताबासका द्वितीय सचिवको स्थलगत भ्रमण पछि रोक्का भएको, रकम फुकुवा भएपछि कामले गति लिएको नगरपालिकाका प्राविधिक टिका थापा बताउछन् ।

निर्माण कम्पनीको म्याद सकिएपछि तानसेन नगरपालिकाले निर्माण कम्पनीलाई ठेक्का सम्झौता रकमको १० प्रतिशतका दरले जरिवाना उठाउँदै आएको थियो । निर्माण कम्पनीले महाबिनासकारी भूकम्पका कारण निर्माण कार्यमा काम गर्ने मजदुरको अभाव त्यसपछि कोभिडको महामारी जस्ता कारण देखाउँदै कामलाई गति दिएको थिएन । जिल्लाभित्रको क्रोनिक योजनाहरु भित्र पर्ने शित भण्डारको भौतिक संरचना निर्माण कार्य पुरा भएपनि भवनभित्र विद्युतीय उपकरण, मेकानिकल सामानको जडान गर्न अझ १० वर्ष त कुर्नु पर्ने त होइन ? भन्ने स्थानीयमा आशंका उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?