ट्रेंडिंग:

>> रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन >> टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर, १६२ जनाले पाए सफाइ >> तानसेनको शीत भण्डारः ८ पटक म्याद थप्दा १० वर्षमा पनि भएन पूरा >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय >> तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएपछि परिवार आन्दोलित  >> धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने >> हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश >> ६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश >> त्रिभुवन आर्मी क्लबलाई उपाधि >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >> गैडाको खागसहित झापामा एक जना पक्राउ >> पूर्वपश्चिम राजमार्गमा द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला >> मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य >> शिक्षकहरूलाई उपचार खर्चमा छुट दिने गृहकार्य अघि बढ्यो >> सेयर बजारमा गिरावट: नेप्से १८.१४ अंकले घट्यो >> नवलपुर क्षेत्रमा कर्मचारीहरूको लागि छुट्टै बस सेवा संचालनमा >> नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनले हरायो >> सिड्नीमा नेपाली नर्सको सातौँ तलाबाट खसेर मृत्यु >> लस एन्जलसको जंगलमा फैलिएको आगोले हलिउड हिल्ससम्म पुर्यायो, मृत्यु र ठूलो क्षति >> विराटनगरको होटल इस्टर्न स्टारमा नागरिक मृत भेटिए >> सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव >> रबि लामिछानेको प्रतिबद्धता: “थुनामुक्त भएमा पीडितको रकम फिर्ता गर्ने पहल गर्छु” >> सल्यानमा आमाले दुई बालिकालाई हत्या गरेकी पुष्टि >>  सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको बहस सकियो, आदेश आज आउने सम्भावना >> राष्ट्रिय परिचयपत्र विवादमा पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकियो >> नेपाल राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गर्यो >> हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर >> वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर >> रवि लामिछानेसहित ७ आरोपीलाइ अदालत लगियो >> लेखा समितिका पूर्व स्वकीय सचिव पक्राउ >> दाङमामा २४ किलो लागुऔषधसहित तीन जना पक्राउ  >> सुन-चाँदी दुवैको भाउ बढ्यो >> रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा प्रक्रिया सुरु >> ‘फोनपे बिजनेस एपमा अन–रिक्वेस्ट विदड्रअल सुबिधा, अब निःशुल्क !’ >> लुम्बिनीमा दान बापत १ करोड ४३ लाख संकलन >> प्रहरीले समायो दुई गाडी अवैध लसुन >> गुल्मेलीले फलाए साढे २४ करोडको सुन्तला >> जीवनलाई सुखी बनाउन ‘लेन्स’ बदलौं >> शितलहरबाट जोगाउ नागरिक >> प्रादेशिक अस्पतालमा पित्तथैली अपरेशनमा विशेष प्राथमिकता >> बुटवल नारायणघाट सडक दुर्दसाः मध्य हिउँदमा ‘ढिलासुस्तीको सास्ती’ >> सिटी क्याम्पस बुटवलमा आगलागी >> राष्ट्रिय खेल भलिबल : घोषणापछि पूर्वाधार सम्झिदैन सरकार >> तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो, सडकमा गाडी चलाउन समस्या >> दाउन्नेमा शीतलहरले फेरि बाटो बन्द, हिंडेर सडक पार गर्दै यात्रु >> एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय >> मौद्रिक नीति : अर्थतन्त्र सुधारको अस्त्र >> सिद्धबाबा सुरुङ छिचोलिन ८ मिटर मात्रै बाँकी, केही दिनमै ‘ब्रेक थ्रु >> स्वस्थ खानाका लागि न्यु लाइटमा अभिभावकलाई तालिम >> भैरव एफसी अन्तिम चारमा

प्रहरीले समायो दुई गाडी अवैध लसुन

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

नवलपरासी, २५ पुस ।
जिल्लामा लसुन तस्करी भई रहेको खबर सार्वजनिक भएसँगै प्रहरीले लसुन सहितको टिपर र ट्रक नियन्त्रणमा लिएको छ । तस्करी रोक्नका लागि प्रहरीलाई माथिल्लो निकायबाट बढेको दवावका कारण ति गाडी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको हो ।
तर ति लसुन कुन स्थानबाट बरामद गरिएको भन्ने प्रश्न अझै प्रहरीले सुचना दिन आलटाल नै गरिरहेको छ । जिल्ला प्रहरी प्रमुखसँग सोबारे जानकारी लिन खोज्दा नायब प्रहरी उपरिक्षक(डिएसपी)सँग सोध्नुस भन्ने तर डिएसपीसँग जानकारी लिन खोज्दा अहिले ब्यस्त छु,भन्दै तर्किने अवस्था रहेको देखियो । समान्य मालसमान बरामद गर्दा तुरुन्तै पत्रकारहरूको इमेलमा आउने सुचना गाडी नै नियन्त्रणमा आउदा त्यसबारे सुचना माग्दा पनि आलटाल किन गरिएको होल भनेर नयाँ प्रश्न जन्माएको छ । जिल्ला प्रहरी कार्यालयकै एक प्रहरीले राजस्व अनुसन्धानको टोली सहित सो गाडीहरू नियन्त्रणमा लिइएको बताएका थिए । त्यसबारे राजस्व अनुसन्धान कार्यालयका प्रमुखसँग जानकारी लिन खोज्दा प्रहरीले नै बरामद गरेको हो,लेखेर पठाउछ,भन्दै उम्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय परिसरमा लु.३ च ३२८४ नम्बरको पिकअपमा लसुन राखिएको अवस्थामा रहेको छ,सँगै ना.६ ख ३३५७ नम्बरको ट्रक पनि राखिएको छ । राजस्व अनुसन्धान गर्ने हो,भन्ने ति ट्रक नै ठोस प्रमाणको रूपमा भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यदि विल बिजक सहितको गाडी बरामद भएका हुन भने राजस्व कार्यालयले त्यही बिलमा उल्लेखित फर्मको गोदाम,खरिद विक्रि खाता रेकर्ड,स्टकबारे जानकारी लिई आवश्यक अनुसन्धान गर्न सक्छ, होईन देखावटी मात्र गर्ने हो भने यस्तै आलटाल गरेर घटनालाई तोडमोड गरि टुगँयाउछ । यि सबै कुरा कारोबारी र सरोकारवाला निकाय विच हुने सौदाबजीमा निर्भर गर्छ ।
ट्रकका ट्रक चिनिया लसुन जिल्लामा आउने र पिकअपमा अनलोड गरि सिमावर्ती नाकाबाट भारतिय बजार पुर्याउने गरिएको स्थानियले बताउदै आएका छन् । लसुन भण्डारण गर्ने कार्य समेत राजमार्ग क्षेत्रका वर्दघाट,भुतहा,भुमही,बासा लगायतका बजारमा गर्ने गरिएको छ । हुलाकी राजमार्गको पिपरा, जमुनिया, भटवलिया, परासी बजारमा समेत लसुन भण्डरण गर्ने र केही प्रहरीको सहयोगमा भारतीय बजारमा पुर्याउने गरिएको छ, एक स्थानियले भने, करोडौको कारोबार अहिले लसुनमा छ, ठूला प्रतिष्ठित ब्यापारी समेत लसुन तस्करीमा लागेका छन् । सुरक्षा अधिकारीहरूको बैठकमा तस्करी नियन्त्रण गर्ने छलफल हुने र तस्करी रोक्ने निर्देशन भए पनि केही प्रहरी भित्रै रहेका भाईरस प्रहरीका कारण लसुन तस्करी रोक्न सुरक्षा निकाय असफल देखिन्छ ।
लसुन तस्करी भनिए पनि सिमासम्म लैजानका लागि तस्करसँग विल बिजक हुन्छ, त्यसैलाई आधार बनाई लसुन सिमा क्षेत्रसम्म पुर्याउने गरिएको छ । राती सेटिगँमा सिमा पारी पुर्याउने गरिएको छ । यसमा राजस्व अनुसन्धान कार्यालयले जुन फर्मको नाममा लसुनको बिल बिजक जारी गरिएको छ, त्यसको भण्डारणबाट कुन फर्मको नाँउमा बिल जारी गरि विक्रि गरिएको हो,पछ्याउदै गईयो भन्ने तस्करी नियन्त्रण गर्न सकिन्छ,तर त्यो हदसम्म आन्तरिक राजस्व कार्यालयले काम गर्न सक्छ कि सक्दैन ? त्यो प्रश्न अनुत्तरित छ । तस्करहरूले पनि सुरक्षा निकाय प्रमुखहरू जति हल्ला गर्ने भए पनि त्यो भन्दा जुनियर प्रहरी अधिकृतहरूलाई मिलाए पछि काम बन्ने गरेको बताएका छन् ।
विगतमा पनि राजस्व अनुसन्धान कार्यालय बुटलका प्रमुख अनुसन्धान अधिकृतको सरुवा नै भएको थियो । जिल्लाभित्र राजश्व अनुसन्धान कार्यालय बुटवलले सिमावर्ति बसहिया नाकामा छापा मारेर कागजपत्र लगे पनि अनुसन्धान कार्य प्रति नै टिकाटिप्पणी हुन थालेपछि आन्तरिक राजस्व कार्यालयका प्रमुख अनुसन्धान अधिकृतको सरुवा भएको थियो । राजस्वको छापा पछि तस्करीको रुट र गोदाम सारेर लसुन तस्करी गर्न थालिएको आरोप पनि लागेको थियो । बसहिया नाका तस्करीमा उपयोग भए पनि लसुन भण्डारण गर्ने गोदाम भन्ने बेलाटारी बजार नजिकैको गँगापुरमा सारिएको स्थानीयले बताएका छन् । नेपालमा कानुनसम्मत बैधानिक रूपमा चिनिया लसुन बिक्री गर्न पाउने भए पनि भारतमा प्रतिवन्धित हुँदा सो लसुन तस्करी हुने गरेको दाबी हुदै आएको छ । तर नेपालमा विलबिजक जारी गरी नै लसुनको ओसार पसार हुने अवस्था भए पनि त्यसको खपत र खरिद विक्रि प्रति छानविन हुनु पर्ने कुरा उठ्दै आएको छ ।
अहिले पनि लसुन बेलाटारी, गंगागापुर, पिपरपाती लगायतका गाँउमा अघोषित गोदामा भण्डारण गर्ने र राती राती पिकअप भ्यानमा राखेर सिमाक्षेत्रमा पुर्याउने गरिएको छ । प्रहरी निरिक्षकहरू रहेको क्षेत्रमा प्रायःलसुनको ओसार पसार गर्न सहज हुने हुँदा तस्करहरू पनि तिनै क्षेत्रमा सर्न थालेको उनको भनाई थियो । अहिलेको नाका बसहियासँगै पकलिहवाको बलिनगर, भुजहवा लगायतका भएर लसुन भारतयि बजार छिर्ने गरेको भनाई स्थानियबासीको रहेको छ  । चाइनिज लसुन नेपालमा प्रति किलो २७० रूपैयाँमा खरिद गरी भारतमा ३२० मा बिक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन ।
जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्ला स्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी भने त्यत्तिकै मौलाऊदै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?