ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

नेपाल राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गर्यो

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

 काठमाडौं।

कर्णाली डेभलपमेन्ट बैंकको घटनापछि नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीसहित ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकले यही साता वाणिज्य बैंकहरूलाई पत्र काट्दै ती ६ संस्थाले वाणिज्य बैंकहरूमा निक्षेप राखेको छ कि छैन भन्दै सूचना माग गरेको हो।

समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन जिम्मा लिएको छ। कर्णाली डेभलपमेन्ट बैंकले वाणिज्य बैंकमा निक्षेप राखेको भन्दै फर्जी निक्षेप प्रमाणपत्र राष्ट्र बैंकमा पेस गरेको खुलेको थियो। राष्ट्र बैंकले १० पुसमा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो।

कर्णाली डेभलपमेन्ट बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भन्ने बेदप्रकाश ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहकै संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको थियो।

राष्ट्र बैंकमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ मौज्दात रहेको सीबीएसमा प्रविष्टि गरिएको थियो। तर, छानबिन समिति अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो।

बैंकको उच्च व्यवस्थापनमा रहेका उल्लिखित व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको पनि छानबिन समितिले उल्लेख गरेको छ।

बैंक विवरण कागजपत्रमा फोटोशप गरेर आफूले चाहे बमोजिम विवरण थप गरी किर्ते विवरण बनाइ त्यसको फोटोकपी गरेर राष्ट्र बैंक अनुगमन टोलीलाई पेस गर्ने गरेको पनि छानबिन प्रतिवेदनमा उल्लेख छ।

सोही घटनापछि केन्द्रीय बैंकले वित्तीय अवस्था कमजोर बन्दै गएका ६ वटा संस्थामाथि निगरानी बढाएर तरलता अवस्था बुझ्न सुरु गरेको हो।

‘४ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीको निक्षेपको अवस्था बुझ्न वाणिज्य बैंकलाई पत्र काटिएको छ,’ सम्बद्ध स्रोतले भन्यो, ‘यही साता काटेको पत्रको जवाफ प्राप्त भइसकेको छैन।’

स्रोतका अनुसार राष्ट्र बैंकले सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सिन्धु विकास बैंकको तरलताको अवस्था विश्लेषण गर्न सुरु गरेको छ।

यस्तै, फाइनान्स कम्पनीतर्फ जानकी फाइनान्स र पोखरा फाइनान्सको विवरण वाणिज्य बैंकहरूसँग माग गरेको हो।

वित्तीय अवस्था कमजोर देखिएको र संस्था सुशासनमा समस्या देखिएको बैंकहरूको तरलता अवस्था विश्लेषण गरेको राष्ट्र बैंक स्रोतको दाबी छ।

‘कुनै एक्सनमा जानुअघि संस्थाको तरलता अवस्था बुझ्न लागिएको हो। तरलता अवस्था सामान्य भए बैंक व्यवस्थापनबाट नै सुधार गर्ने कोसिस हुन्छ,’ स्रोतले भन्यो, ‘यी संस्थाको अवस्था यकिन गरेपछि कसरी सुधारमा लैजाने भन्ने निर्णय हुन्छ। समस्याग्रस्त घोषणा गर्नेभन्दा बैंककै व्यवस्थापनमार्फत सुधार गर्ने कोसिस रहन्छ।’

राष्ट्र बैंकले २०७० को दशक सुरुवातमा १६ बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्दै त्यसको व्यवस्थापन गरेको थियो। समस्याग्रस्त संस्था व्यवस्थापन विभाग नै गठन गरेर ती संस्थाको व्यवस्थापन हेरेको थियो।

अहिले पनि क्षेत्रीय स्तरमा कार्यक्षेत्र रहेका केही विकास बैंक र फाइनान्स कम्पनीमा समस्या बढ्दै गए पनि राष्ट्र बैंकले तरलता अवस्था विश्लेषण सुरु गरेको थियो।

विशेषगरी कर्णाली डेभलपमेन्ट बैंकले फर्जी निक्षेप प्रमाणपत्र राष्ट्र बैंकमा पेस गरेको तथा निष्क्रिय कर्जा ४० प्रतिशत माथि पुग्दा पनि ६÷७ प्रतिशत मात्रै देखाए पनि अन्य संस्थाको अवस्था विश्लेषण गर्न सुरु गरेको स्रोतको दाबी छ।

विकास बैंक र फाइनान्स कम्पनीले वाणिज्य बैंकमा निक्षेप राख्न सक्ने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थाको तरलता अवस्था नियमित बुझ्ने क्रममा नियमित प्रक्रिया अन्तर्गत नै उक्त विवरण माग गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताए। उनका अनुसार राष्ट्र बैंकको ‘अफसाइट सुपरिभिजन’ को नियमित प्रक्रिया हो।

तरलता अवस्था कस्तो छ भनेर बुझ्ने प्रयोजनका लागि मात्रै उक्त विवरण माग गरेको उनले बताए। ती संस्थामा समस्या आएकाले उक्त विवरण माग भएको उनले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?