© २०२३
बुटवल, २४ पुस ।
सिद्धबाबा सुरुङमार्ग छिचोलिन ८ मिटर मात्रै बाँकी रहेको छ। पुस २३ गतेसम्म एक हजार ८९ मिटर लामो सुरुङमार्गको १ हजार ८१ मिटर खनिसकेको हो।
सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार उत्तर तर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ। सुरुङमार्गमा २ वटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन्।
सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुने चरणमा पुगेपनि कंक्रिट लाइनिङ, उत्तर र दक्षिण तर्फ स्लोप निर्माणको काम धेरै नै बाँकी छ। आयोजनाका अनुसार कुल भौतिक प्रगति ३८.८५ प्रतिशत हुँदा वित्तिय तर्फ ३९.९० प्रतिशत भएको छ।
सिद्धबाबा सुरुङमार्गका योजना प्रमुख कृष्णराज अधिकारीले अबको केही दिनभित्रै औपचारिक कार्यक्रमगरी ‘ब्रेक थ्रु’ गर्ने बताए।
‘हामीले नियमित काम गर्दा २ दिन भित्रै गर्न सक्छौं,’ योजना प्रमुख अधिकारीले भने, ‘भौतिक पूर्वधार मन्त्रालयसंग समन्वय भैरहेको छ। केही दिनभित्रै एक कार्यक्रमगरी ब्रेक थ्रु गछौं।’
सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएपनि गाडी सञ्चालन हुनकोलागि अझै १ वर्ष लाग्ने छ।
‘अहिले अस्थाई सपोट दिएर सुरुङमार्गको काम भैरहेको छ। लाइनिङको काम बाँकी नै छ,’ उनले भने, ‘सुरुङभित्र गाडी गुड्ने सडकको ढलान, विद्युतीकरण, भेन्टिलेसनको काम बाँकी नै हुन्छ।’
सुरुङमार्ग निर्माणका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ०७७ मंसिरमै १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए ।
सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनको काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले गरेको थियो । अध्ययन टोलीले गत वर्ष नै सुरुङको प्रारम्भिक रेखांकन गरेर सडक विभागलाई बुझाएको थियो ।
वर्षामा खस्ने पहिरो र ढुंगाले च्यापिएर सिद्धबाबा क्षेत्रमा पछिल्लो १० वर्षमा ७३ जनाको मृत्यु भएको छ । ०५४ सालमा बस पहिरोमा पुरिँदा एकै घटनामा ३२ जनाको मृत्यु भएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी