© २०२३
बुटवल, २४ पुस । रुपन्देहीमा जारी शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप २०८१ को पहिलो क्वाटरफाईनल खेलमा विजयी हुदै भैरव स्र्पोटस क्लब, नवलपरासी अन्तिम चारमा स्थान बनाएको छ । बुधबार भएको खेलमा ज्योतीपुन्ज युथ क्लब, पाल्पालाई ४–० गोल अन्तरले पराजित गर्दै भैरव स्र्पोटस क्लब, नवलपरासी सेमीफाईनलमा प्रवेश गरेको हो ।
फर्साटिकर माविको खेलमैदान भएको एकतर्फी खेलमा भैरवका सबि गुरुङ र मनिष चौधरीले २–२ गोल गरे । खेलको १७ औ मिनेटमा सबिले खाता खोले । खेलको २९ औ मिनेटमा मनिष चौधरीले गोल थपे । पहिलो हाफको ईन्जुरी समयमा सबिले ब्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफ ३ गोलले पछि परेको ज्योतीपुन्ज दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ६० औ मिनेटमा मनिषले दोस्रो ब्यक्तिगत गोल गरे । भैरव स्र्पोटस क्लब, नवलपरासीका सबि गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार रुपैया, उपविजेताले १ लाख ५० हजार ५ रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत हुने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए । विहिबार दोस्रो क्वाटरफाईनल खेलमा झरना स्पोर्टस क्लब, कुन्जलापुर र अभिशेष चर्च रजहर, नवलपरासीका बिचमा खेल हुने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी