ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

कपिलवस्तुमा २४८ फरार प्रतिवादी पक्राउ

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

कपिलवस्तु २५ पुस ।
पुस २३ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले ५ बिभिन्न मुद्दामा ६१ बर्ष कैद सजाय भएका फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले कपिलबस्तु जिल्लाको साविक शिवनगर गा.वि.स. वडा नं.०५ हाल कृष्णनगर नगरपालिका वडा नं. ०१ गुर्चिहवा बस्ने अन्दाजी ५७ बर्षका सोमई भन्ने प्रकाश कहारलाई कृणनगर १ बाट नियन्त्रणमा लिएको हो । ३ वटा खुन डाँका, १ वटा डाँका तथा १ वटा चोरी मुद्दा गरी जम्मा ५ वटा मुद्दाहरूमा विभिन्न मितिमा फैसला भई जम्मा कैद सजाय ६१ (एकसठ्ठी) वर्ष र कुल जरिवाना तीन लाख बाउन्न हजार सात सय अठहत्तर कैद भुक्तान तथा जरिवाना असुल गर्न बाँकी रहेका कहार प्रहरी नियन्त्रणमा परेका हुन ।

यस अघि प्रहरीले यहि पुस २२ गते लागु औषध (ब्राउन सुगर) सम्बन्धी मुद्दाको फरार प्रतिवादीलाई २५ बर्षपछि पक्राउ गरेको थियो । कपिलवस्तु जिल्ला अदालत तौलिहवाबाट मिति २०५६ चैत २८ गतेको फैसलाको आदेशनुसार लागूऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा ३ (तीन) वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी जिल्ला कपिलबस्तु बिजयनगर गाउँपालिका वडा नं. ०१ का ५१ बर्षिय कृष्ण बहादुर चौधरीलाई नियन्त्रणमा लिईएको थियो । जिल्लाको बिजयनगर गाउँपालिका वडा नं. ०१ मा लुकी छिपी बसेको अवस्थामा उनलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए । पक्राउ दुवैलाई कैद कट्टा र जरिवाना असुलीका लागि प्रहरीले अदालतमा पेश गरे सगैं दुवै जना कपिलवस्तु कारागार चलान भएका छन ।
पछिल्लो समय कपिलवस्तु प्रहरीले फरार प्रतिवादी नियन्त्रणको कार्यलाई तिव्रता दिएको छ । चालु आर्थिक बर्षको हालसम्मको अबधीमा प्रहरीले २ सय ४८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ गरिएका फरार प्रतिवादीबाट १ सय ५९ बर्ष २२ दिन कैद र ७६ लाख ६३ हजार ५ सय ३० रूपैयाँ जरिवाना रकम असुल उपर हुनेछ । चालु आर्थिक आर्थिक बर्षको ६ महिनाको अबधी नपुग्दै कपिलवस्तु प्रहरीले अघिल्लो आर्थिक बर्ष भन्दा करिब दुई गुणा हाराहारीमै फरार प्रतिवादी पक्राउ गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ मा कपिलवस्तु प्रहरीले १ सय ३५ फरार प्रतिवादी नियन्त्रणमा लिई १ सय ६५ बर्ष ५ महिना कैद र २२ लाख ५६ हजार ४ सय ५० जरिवाना असुल उपरका लागि अदालतमा पेश गरेको थियो । त्यसैगरि अघिल्लो आर्थिक बर्ष २०७९/८० मा कपिलवस्तु प्रहरीले ७२ फरार प्रतिवादी नियन्त्रणमा लिई १ सय ८ बर्ष १ दिन कैद र १ करोड ४४ लाख ७० हजार ९ सय ५६ रूपैया जरिवाना असुलका लागि अदालतमा पेश गरेको तथ्याङ्क रहेको प्रहरी नायब उपरिक्षक अधिकारीले स्पष्ट पारें ।

अपराध कर्म र अपराधिक मानसिकता रोकेर समाजमा दण्डहिनताको अवस्था अन्त्य गर्नका लागी फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई तिव्रता दिईएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले जानकारी दिए । अपराध गर्ने व्यक्ति अदालत र प्रहरीको नजरबाट लामो समय सम्म बच्न नसक्ने सन्देश प्रवाह गरि अपराधिक मनोभावना गिराउन भूमिका खेल्ने उदेश्यका साथ फरार प्रतिवादी पक्राउको कार्यलाई निरन्तरता दिन प्रहरी तयार रहेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?