© २०२३
बुटवल, २३ पुस। एक दशकदेखि लोकसेवा तयारी कक्षासहित विभिन्न शैक्षिक तथा सामाजिक क्रियाकलापमा अग्रसर रहेको चैतन्य एकेडेमीले बुटवलमा शाखा बिस्तार गरेको छ । बुटवल देविनगरमा चैतन्य एकेडेमीको धार्मिक अनुष्ठानसहित पुजापाठ गरि नयागाउ मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्दले उद्घाटन गरे । मानिसलाई सदमार्गको बाटो देखाउन चैतन्य नाम नै काफि भएको उनले बताए ।
ज्ञानको दिपकका रुपमा यस क्षेत्रमा उज्यालो बाड्न एकेडेमी सफल हुनेमा आशाबादी रहेको भन्दै उनले शिक्षा, दिक्षा र भिक्षासम्मको प्राप्तीमा सफलताको कामना गरे । ‘मनुष्य जिवनको कर्तब्य कर्म हो ।’–उनले भने । एकेडेमी एउटा डुगा स्वरुप भएको र यसमा सवार भएर शैक्षिक यात्रामा सफलता मिल्नेमा आशाबादी रहेको उनले बताए । देश विकासमा दक्ष जनशक्ति उत्पादन गर्न सफलता मिल्ने गरि लाग्न उनले सुझाव दिए ।
एकेडेमीका प्रवन्ध निर्देशक गणेशप्रसाद जोशीले युवाहरुलाई स्वदेशमा नै सरकारी सेवामा प्रवेश गराउने गरि अभियान चलाएको बताए । लोकसेवाको तयारी कक्षा बाहेक समृद्धिका बहस तथा सम्मेलनहरु समेत आयोजना गर्दै आएको एकेडेमीले यसअघि धनगढीमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको जानकारी दिए । बुटवलमा एकेडेमी स्थापनासँगै अब संघीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको उनले बताए । कक्षामा सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारी तथा सेवा निवृत्त अनुभवी प्रशिक्षकहरुबाट अध्यापन गराईने भएको छ । विकट क्षेत्रमा चैतन्य शैक्षिक जागरण अभियान चलाउदै आएको र सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको उनले बताए ।
कार्यक्रममा बुटवल शाखाका प्रमुख दिपक ढकालले लोक सेवा तयारीका लागि अब बुटवलमै भरपर्दो कक्षा लिन पाउने सुविधा प्राप्त भएको उल्लेख गरे । संघीय राजधानी काडमाडौंमा लोकसेवा तयारीका लागि नाम कमाएको यस संस्थाले खरिदारदेखि सह–सचिव सम्मका तयारी कक्षाहरु सञ्चालन गर्ने उनले जानकारी दिए । विशेष गरी सरकारी कर्मचारी, विभिन्न कार्यलय कर्मचारी तथा विद्यार्थीलाई मध्ययनजर गर्दै विहान १० बजे अघि र साँझ ४ बजेपछिको समयमा कक्षा सञ्चालनलाई जोड दिइने बताए ।