© २०२३
बुटवल, २६ पुस ।
रुपन्देही जिल्लाको भूमि समस्या समाधान आयोगको अध्यक्ष कुमार थापामगर नियुक्त भएका छन् ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य रहेका थापालाई नेपाल सरकार मन्त्रिपरिषदको बैठकले भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिगतमा राष्ट्रिय खेलकुद परिषद, श्रम तथा यातायात मन्त्रालय उच्चस्तरीय आयोग सदस्य, साथै पुर्व सुकुम्बासी समस्या समाधान आयोग केन्द्रीय सदस्य तथा माहाप्रवन्धक, लोत्से नया बसपार्क काठमाडौको महत्वपूर्ण जिम्मेवारी सम्हालेका थापाले भूमिहीनको समस्या समाधान गर्नेगरी नयाँ जिम्मेवारी पाएका हुन् ।
अध्यक्ष नियुक्त भएपछि प्रतिक्रिया दिंदै थापाले सुकुम्बासी, भूमिहीन, अब्यवस्थित बसोबासीको समस्या समाधानमा केन्द्रित भएर लाग्ने बताए । “यहाँको भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याबारे म जानकार छु, आफ्नो क्षमताले भ्याएसम्म समस्या समाधानमा केन्द्रित भएर लाग्नेछु”–उनले भने । थापा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत रहेका छन् ।