ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

नागरिक तर्साउने बाईक चालक कारवाहीमा

स्वरुप परिवर्तित १७ बुलेट प्रहरीको नियन्त्रणमा, यातायात ब्यवस्था कार्यालयबाट जनही १० हजार रुपैयाँका दरले चालकलाई कारवाही
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

बुटवल, २६ पुस । रातीको समयमा ठुलो आवाज गरेर मोटरसाईकल पड्काउदै ध्वनी प्रदुषण गर्ने, तिब्र गतिमा सवारी चलाउने, स्टण्ट गर्ने जस्ता जनस्तरबाट गुनासो आएपछि प्रहरी तातेको छ । ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई नियन्त्रणमा लिने र सवारी चालकलाई कारवाही अघि बढाएको छ । विहिबार दिउसो १ बजेपछि गरिएको विशेष अभियानमा १७ वटा स्वरुप परिवर्तन गरिएको मोटरसाईकल कारवाहीमा परेका छन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलले नगरको केही क्षेत्रमा विशेष सुचनाको आधारमा जाच गरेको हो ।

बुटवल उपमहानगर क्षेत्रमा विभिन्न कम्पनी मोटरसाईकलहरु स्वरुप परिवर्तन गरि साईलेन्सर पाईप फेरेर ठुलो आवाज आउने बनाउदै समुदायमा ध्वनी प्रदुषण गर्ने, सार्वजनिक सडकमा अत्याधिक तिब्र गतिमा चलाउने, सामाजिक संजालमा उश्रृङखल गतविधिहरु गरि स्टण्ट .गरेको भिडियो अपलोड गर्नेलाई कारवाही थालेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले बताए । ‘हामी विशेष अभियान अघि बढाएका छौ ।’–उनले भने । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा ३९ (१) कसुर बमोजिम कारवाही गरिदै आएको उनले बताए । यस्तो किसिमको मोटरसाईकलहरुलाई यातायात ब्यवस्था कार्यालयबाट १० हजार रुपैयाका दरले जरिवाना गरि पुरानो स्वरुपमा परिवर्तन गराई सवारी धनीलाई जिम्मा दिने र साईलेन्सर पाईप, हेण्डल, स्टिकर, लाईट, सिट, लुकिङ ग्लास जस्ता स्वरुप परिवर्तन गरिएका सामग्री जफत गर्ने प्रावधान रहेको उनले बताए । विशेष गरि रोयल ईन्फिल्ड कम्पनीका बुलेट र क्रसफायर, डट मोटरसाईकलहरुमा कम्पनीबाट राखेको साईलेन्सर पाईप फेर्ने गरेको भेटिएको उनले बताए ।

आर्थिक वर्ष २०८०/२०८१ मा यातायातबाट ६५ र आर्थिक वर्ष २०८१/२०८२ मा ६१ गरि कुल १२६ वटा मोटरसाईकल कारवाही गरिएको कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानले बताए । बुटवल क्षेत्रमा मोटरसाईकल स्टण्ट गरि सामाजिक संजालमा भिडियो अपलोड गर्ने ३ जनालाई नियन्त्रण लिई कारवाही गरि छोडिएको समेत उनले बताए । यसैगरि दुर्घटना न्युनिकरणका लागि नियमित मापसे जाच समेत चलिरहेको उनले बताए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?