ट्रेंडिंग:

>> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए

पुस्तकालय संरक्षणमा थपिँदै चुनौति

१६ भाद्र २०८१, आईतवार
१६ भाद्र २०८१, आईतवार

पाठकको अभावमा पुस्तकालय संकटमा परिरहेको बेला औं १७ औं पुस्तकालय दिवस शनिवार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । विश्व सूचनाको आधुनिक युगमा प्रवेश गरेको छ । गुगलमा एक क्लिकको भरमा विश्वको सूचना मोबाईलमै उपलब्ध हुदै आएको छ । विश्वका महत्वपूर्ण पुस्तक गुगलमा सर्च गरेकै आधारमा उपलब्ध हुन्छ । विश्व सूचना साम्राज्यको यो अवस्थामा पुगेको बेला अव पुस्तकालयमा गएर पढ्ने पाठकको अभाव हुनु स्वाभाविक छ । तरपनि नेपालमा अझैपनि पुस्तकालयको अस्तित्व बाँचेको छ । नेपालका ऐतिहासिक पुस्तकालयले जेनतेन पुरानो इतिहास धानेका छन् । त्यसो त नेपालमा भएका पुस्तकालयको संरक्षणमा राज्यको ध्यान नपुगेको प्रष्ट छ । इतिहासकै सन्दर्भको कुरा गर्दा नेपालमा प्रजातन्त्र प्राप्तिको लागि पुस्तकालयले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको सर्वविदित छ । बुटवलमा २००४ सालमा स्थापना भएको महाबीर पुस्तकालयले २००७ सालको प्रजातन्त्र प्राप्तिमा धेरै ठूलो भूमिका खेलेको थियो । त्यसैगरी पाल्पाको ऐतिहासिक धवल पुस्तकालयको प्रजातन्त्र प्राप्तिमा ठूलो भूमिका थियो ।

पुस्तकालयको माध्यमबाटै राणाशासनविरुद्धको आन्दोलन सशक्त बनाउन मद्दत पुगेको थियो । बुटवलको महाबीर पुस्तकालय पश्चिम क्षेत्रबाट प्रजातन्त्रको बिगुल फुक्ने ठूलो चेतनाको द्योतक बनेको थियो । त्यसयताका विभिन्न आन्दोलनमा पुस्तकालयका माध्यमबाट हुँदै आएको योगदान र भूमिकालाई कम आँक्न सकिदैन् । तर समयले कोल्टे फेर्दैगर्दा निश्चितरूपमा अहिले पुस्तकालय साँघुरिँदै आएको छ । प्रविधिको बढ्दो प्रयोगले विश्व नै साँघुरिएको अवस्था छ । अहिले हरेक कुराको जानकारी घरमै बसेर पाउन सकिन्छ । विश्व सूचना युगबाट प्रभावित भैरहँदा नेपाल पनि यसबाट अछुतो रहन सक्दैन् । त्यही कारण अहिले पुस्तकालयको महत्व घट्दै गएको देखिएको छ । नेपालमा हरेक बर्ष मनाईने पुस्तकालय दिवस पनि यही कारण साँघुरिदै गएको देखिन्छ । नेपालमा पाठकहरूको संख्या विगतमा भन्दा वर्तमानमा धेरै घटेको यही कारण हो । पाठकको संख्या घट्दै गर्दा पुस्तकालयहरू रित्तिदै गएका छन । सञ्चारका विविध साधनहरूको विकास भएसंगै पठन संस्कृतिको कमी भएको छ । जसका कारण नेपालमा अहिले पुस्तकालय खोलिएको उदाहरण र समाचार कमैमात्र सुन्नमा आउने गरेको छ । त्यसैपनि पुस्तकालय घटिरहेको बेला पाठकहरू पाउनै समस्या छ ।

त्यसमाथि पुस्तकालयमा गएर पढ्ने बानीको विकासमा पनि धेरै कमी आईसकेको छ । भएका पुस्तकालय पनि जीर्ण वन्दै गएका छन् । तिनको भौतिक संरचना निर्माणमा बेवास्ता गरिएको छ । पुस्तकालयमै पुगेर पढ्ने पाठक समेत पाउन मुस्किल परिरहेकोले अव पुस्तकालयको अस्तित्व रक्षा गर्ने चुनौति छ । बुटवलको महाबीर र पाल्पाको धवलसंगै खुलेका अन्य धेरै पुस्तकालयले पनि त्यही चुनौतिको सामना गर्नुपरिरहेको छ । हरेक बर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउने गरिएको छ । वि.सं. १८६९ भदौ १५ गते तत्कालीन राजा गिर्बाणयुद्ध बीरबिक्रम शाहले पण्डित केदारनाथ झालाई किताब तहबील खानाको अध्यक्ष बनाएको सम्झनामा पुस्तकालय दिवस मनाईदै आइएको छ । पुस्तकालय दिवस मनाउँदै गर्दा अवको विकल्पका विषयमा पनि सोच्नु जरुरी छ । पछिल्लोसमय पुस्तकालयलाई ई पुस्तकालयको रूपमा विकास गर्नुपर्ने माग बढ्दो छ । त्यसका विषयमा बहस र छलफल समेत भैरहेको छ । अव सरकारले पुस्तकालय सम्बन्धी ऐन नै बनाएर पुस्तकालयको संरक्षण गर्नुपर्ने खाँचो छ । अव पुस्तकालयलाई बिकसित रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ । अर्थात अव पुस्तकालयमा गएर होइन पाठक जहाँ छन् त्यहीँबाट पुस्तकालयको सामग्री हेर्न पढ्न पाइने अवस्थाको विकास गर्नुपर्ने जरुरी छ । पठन संस्कृति घट्यो भन्ने चिन्तालाई अब मोबाइल पुस्तकालयले सहज बनाउनु पर्ने आवश्यकता छ । पुस्तकालयलाई सूचना प्रविधिसँग जोड्ने बहस भइरहेपनि मुलुकमा सञ्चालित केही बाहेक अधिकांश पुस्तकालय भने कठिन आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय समस्यासँग जुधिरहेका छन् । कतिपय पुस्तकालयको भाडा तिर्नसमेत नसक्ने अवस्थामा छन् । पुस्तकालय संरक्षण गर्ने हो भने यो क्षेत्रमा राज्यले लगानी गर्नुपर्दछ । पुस्तकालयको साख जोगाउनेतर्फ सरकारको पहल जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?