ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

‘औपचारिकता नबनोस् धान दिवस’

१६ असार २०८१, आइतबार
१६ असार २०८१, आइतबार

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव शनिवार देशैभरी औपचारिकता पूरा गर्दै उत्साहका साथ मनाइएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा बिक्रम सम्बत २०६१ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ यो बर्ष धान दिवस मनाइएको छ । नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसको कार्यान्वयनका लागि नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ समेत जारी गरेको छ तर ऐनमार्फत नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुता केवल कानुनी अधिकारको रूपमा स्थापित गरिएको छ । खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीति कार्यान्वयन गरिएको छ । असार १५ लाई मानो रोपेर मुरी उब्जाउने मुख्य दिनको रूपमा मानिन्छ । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । सोही अनुसार धान उत्पादनमा वृद्धि गर्न अभियान चलाउने तयारी भइरहेको सरकारले जनाएको छ । नेपालमा हाल ५७ मेट्रिक टन धान उत्पादन भइरहेको छ, आत्मनिर्भर हुनका लागि अझै तीन लाख मेट्रिक टन धानको अभाव रहेको छ । सरकारले आगामी आर्थिक वर्षमा त्यो तीन लाख मेट्रिक टन धान उत्पादन बढाउने प्रबिद्धता गरेको छ तर धान उत्पादन गर्ने किसानलाई समयमा मलखाद उपलब्ध नगराउने सरकारले त्यो लक्ष्य पूरा गर्न कठिन छ । नेपालमा अझैपनि उन्नत जातको धान लगाउने तथा चैत धानमा जोड दिने गरी कृषि रणनीति तयारी भएकै छैन । धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक लगायतको महत्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिनुपर्दछ । धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न हरेक बर्ष धान दिवस मनाउने गरिएको छ । धान दिवस तथा रोपाई महोत्सव मनाईरहँदा अहिले जलवायु परिवर्तनका कारण धानखेतीमा ह्रास आउनु चिन्ताको बिषय बनेको छ । अधिकांश नेपालीहरूको आयआर्जनको माध्यम कृषि नै हो ।

नेपालमा अहिले ७० प्रतिशत बढी जनता कृषिमै निर्भर छन । नेपालमा अझैपनि कृषिलाई हेयको दृष्टिले हेर्ने परम्परा कायमै छ । कृषिमा आकर्षण देखाउन ऋण लगायतका कार्यक्रम बाहिर सार्वजनिक गरिएपनि भित्र भने कृषकका बेदना भनिसाध्य छैनन् । पछिल्लोसमय धान दिवस केन्द्र सरकारले मात्र होइन प्रदेशदेखि पालिकाहरूले पनि विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन सुरु भएको छ । नेताहरू बर्षको एकपटक धान दिवसमा खेतमा रोपाई गर्न पुग्ने र त्यसपछि फर्केर नजाने परम्पराले निरन्तरता पाइरहेको छ । इतिहासमै पहिलोपटक नेपालका प्रधानमन्त्रीले शनिवार चितवनमा धान दिवसमा भाग लिएका छन् । यद्यपि अधिकांश किसान धान दिवसप्रति अझैपनि बेखबर छन् । अर्थात वास्तविक किसानले धान दिवसको महत्व बुझ्नै पाएका छैनन् । अहिलेपनि नेपालले बार्षिक ३० अर्बको चामल आयात गर्नु परिरहेको छ । यो सवै हुनुका पछि सरकारले भन्ने एउटा तर गर्ने अर्को भएकै कारण हो । धान दिवसको अवसरमा नेपालले धान आयात गर्नुपर्ने अवस्थाको अन्त्य होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?