ट्रेंडिंग:

>> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ

योग र संगीतलाई जीवनपद्धती बनाऔं

७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

‘महिला सशक्तिकरणका लागि योगा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग तथा संगीत दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरि मनाईदैछ । योग नेपालबाटै उत्पत्ति भएकोले पनि नेपालमा योग दिवस मनाउनुको महत्व र औचित्य बढी नै रहेको सर्वविदीत छ । अर्कोतर्फ नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले योग दिवस नेपालमा विशेष महŒवसाथ मनाउनु जरुरी पनि छ र योगलाई अव विश्व ध्यान केन्द्रका रूपमा स्थापना गर्नु आवश्यक छ । निश्चितरूपमा ध्यानले असहिष्णुताबाट जोगाउँछ भने ऋषिमुनिले योगलाई विगतमा जीवनपद्धति बनाएको स्मरण गर्नैपर्दछ । आहार, विहार एवं व्यायामले जीवनलाई सन्तुलित बनाउने भएकोले यसको अभ्यास गर्नु जरुरी छ । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोधी क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ । योगसंगै आजको दिन संगीत दिवस पनि हो । योग र संगीतको मानव जीवनमा अन्योन्याश्रित सम्वन्ध रहेको छ । संगीतले पनि मानव जीवनलाई जोड्ने काम गर्दछ । तनाव न्यूनिकरणमा संगीतको महत्वपूर्ण भूमिका छ । संयोगबस योग र संगीत दिवस एकै दिन पर्दछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो । नेपाल सरकारले वि. सं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । यद्यपि नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । आज संसारका १७५ राष्ट्रले स्वीकार गरेको योगको उत्पत्ति नेपालबाटै भएकोमा हामीले गर्व गर्नैपर्दछ ।

योग नेपाली भूमिबाट विश्वभर फैलिएको सन्देश हामीले प्रवाह गर्नु जरुरी छ । योग अव विश्वभरका मानिसलाई एकताको सूत्रमा बाँध्ने माध्यम पनि हो । वास्तवमा अहिले मानव तनावका कारण मानसिक रोगी र अस्वस्थ रहनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको वर्तमान अवस्थामा योग नै स्वस्थताको महत्वपूर्ण आयाम हो । योग स्वस्थताका साथै सौहाद्र्रपूर्ण जीवनका लागि समेत महत्वपूर्ण पक्ष हो । योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको छ । आदिकालमा ‘योग सबैका लागि सधैँका लागि’ भनेर चिनिएकाले त्यो मान्यता अव पुनस्र्थापना हुनु जरुरी छ । योगको इतिहास खोज्दै जाँदा हजारौँ वर्ष पहिले पतञ्जलि नामका महात्माले योगको सुरुवात गरेको विभिन्न अध्ययनले देखाएका छन । योगलाई सुरुमा व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका थिए । धेरैपछि स्वामी बिवेकानन्दले योग अभ्यासलाई नेपाल र भारतमा मात्रै नभै पश्चिमा देशहरूमा फैलाउन महत्वपूर्ण योगदान दिनुभएको हो । पछिल्लोसमय हिन्दुका लागि मात्रै नभै सवै धर्म समुदायले योगको महत्व बुझेर जीवनपद्धती बनाउन सुरु गरेका छन । यो मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण बिषय हो । अतः एकै दिन परेको योग र संगीत दिवसको अवसरमा हामी सवै मानव जीवनलाई स्वस्थ्य बनाउन योग गर्ने र संगीतमा रम्ने अभ्यास गरौं । संगीतले पनि जीवन सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्छ । योग र संगीत जीवनका दुई अभिन्न अंग हुन । संगीत सुन्दै योग गर्दाको मज्जा बयान गरेर सकिदैन् । यसले मानव जीवनलाई चुस्त र दुरुस्त राख्न सहयोग पु¥याउने मात्र होइन, दिर्घायूका लागि पनि यो महत्वपूर्ण सिद्ध भैसकेको छ । संयुक्त राष्ट्रसंघले समेत योगको महत्व बुझेर योगलाई जीवनपद्धती बनाउनुपर्ने धारणा सार्वजनिक गरेको छ । तसर्थ योग र संगीतलाई मानव जीवनको अभिन्न अंग बनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%