© २०२३
‘बालबालिकालाई सुर्तीजन्य पदार्थबाट टाढै राखौं’ भन्ने नाराका साथ आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाईदैछ । सुर्तीकै कारण विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको छ । यो भयावह तथ्याँकले सुर्ती सेवन गर्नेहरूलाई सोच्न बाध्य तुल्याएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्दछ । सुर्तीजन्य पदार्थको सवैभन्दा ठूलो असर क्यान्सर हो । सुर्ती सेवन गर्नेमध्ये ८० प्रतिशतलाई क्यान्सर हुने गरेको तथ्यांक छ । सुर्तीजन्य पदार्थका सेवन विश्वकै लागि ठूलो चुनौती वनेको छ । विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धुमपान रहित दिवस मनाउन विश्वकै ध्यानाकर्षण गरिएको थियो । चिकित्सकहरूका अनुसार चुरोट, सुर्ती, गुट्खाको सेवनले फोक्सो र कलेजो बिग्रने गर्दछ । पछिल्लो समयमा सार्वजनिक स्थलमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान आएपनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । अतः सुर्तीजन्य पदार्थ सेवनमा कडाई गर्नु जरुरी छ ।
सरकारले आजभन्दा १२ बर्षअघि सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि कानुन बनाएको थियो । सुरुमा यो ऐनका विषयमा धेरै बहस र टिप्पणी भए । सरकारले राम्रो काम गर्न थालेको भन्दै प्रशंसा पनि भयो । तर, समय ढल्दै गर्दा सरकारको यो योजना कागजमै सीमित भयो । रात रहे अग्राख पलाए भनेजस्तै ढिलाई भैरहँदा सरकारको योजना कार्यान्वयनमा आउन सकेन । सरकारले ऐन त बनायो तर ऐन पूर्णतया लागू हुन सकेन । सार्वजनिक स्थानमा चुरोड पिउन नपाउने सरकारको घोषणा सुरुका दिनमा लागू भएपनि पछि योपनि योजनामै सीमित हुनगयो । सार्वजनिक स्थलमा धुमपान तथा सूर्ति सेवन गर्न पाइँदैन भने घर तथा निजी सवारी साधनभित्र पनि सेवन गर्न मिल्दैन । तर, ऐनमा भएको व्यवस्था कार्यान्वयन कमजोर देखिएको छ ।
सार्वजनिक स्थलमा धुमपान वा सुर्ती सेवन गरेमा ती व्यक्तिलाई बाहिर निकाल्ने वा एकसय रूपैयाँ जरिवाना वा दुबै सजाय गर्ने व्यवस्था कानुनमा छ । सुर्तिजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख नगरेको सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने कानुनमै उल्लेख छ । तर सरकारले बनाएका ऐन, नियम र कानुन वनाउने तर लागू नगर्ने गरी काम भैरहेको छ । खासगरी सुर्तीजन्य पदार्थ नियन्त्रणको सवालमा यो विषयलाई गंभीररूपमा हेरिएको छैन । सरकारी तथ्यांक अनुसार नेपालमा करिब ४० प्रतिशत नागरिकले सुर्तिजन्य पदार्थको सेवन गर्छन् । क्यान्सर, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु रोग, मधुमेह लगायत गम्भीर खालका रोग सुर्ती र सुर्तीजन्य पदार्थको सेवनबाट भए पनि नियन्त्रणका लागि आफैले बनाएको ऐन, कानुन सरकारले लागू गर्न सकेको छैन ।
ढिलै भएपनि सरकारले आफूले सुरु गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र सेवनविरुद्धको अभियानको कार्यान्वयन गर्नैपर्दछ । स्वास्थ्य जस्तो महत्वपूर्ण एवं संवेदनशील विषयमा नागरिकले समेत चासो र चिन्ता व्यक्त गर्नुपर्ने हो तर सरकारले बनाएको कानुन सहीरूपमा कार्यान्वयन हुन नसक्नु बिडम्बनाको कुरा हो । आगामी दिनमा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ प्रयोगमा कडाईका साथ लागू गर्न सकियो भने सरकारी योजना कार्यान्वयनमा सफलता मिल्नेछ । यसका लागि सरकारको अग्रसरतामा जनताले साथ दिनु जरुरी छ । नागरिकको सकृय सहभागिताले मात्र यो योजना सफल हुने निश्चित छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी